Get Bitcoins

एकतर्फी माया

आकाशमा जुन एक्लै देखियो धर्तीमा म एक्लै थिएँ। जुनले आज पनि मलाइ जिस्कायो मैले एउटा आँखो झिम्काइदिएँ। जुनले निधार खुम्चायो मैले ओठ बङ्गाइ दिएँ। जुनका पछि हजारौँ तारा झुन्डीरहे, जसरी डल्लिको फ्रेन्ड लिस्टमा सयौँ रिक्वेस्टहरु झुन्डिरहन्थे।
डल्ली भन्थी,"हेरिस्यो न कति रिक्वेस्ट आएका"
म जिस्किदै भन्थेँ, "किरिम धेरै धसेर।" ऊ ठुस्किन्थी। म अझै जिस्किरहन्थे। आज जुनले पनि किरिम धेरै धसेको हुन पर्छ, अनि पो तारा पछि लागे। सोचेँ सेतो जति सबै किरिम धसेका हुँदैन केही त किरिम नै हुन्छ्न्, जुन पनि किरिम होला, किरिम लगाउन धेरै तारा पछि लागेका छ्न् अनि डल्ली पिरिम होली पिरिम लगाउन धेरै पछि लागेका। किरिम होस् या पिरिम दुवै ब्रान्डेड नै लगाउन पर्छ, नत्र छाला नि बिग्रिन्छ जिन्दगी नि !!
रात कोल्टे फेरिरह्यो, जुनकीरीहरु बत्ति बालीरहे, सबै उज्यालो बनाउदै उडिरहे। सायद मेरो अधेरो अनुहार देखेर जिस्काएका होलान्। जुनकिरि किरा होइन हिरा हो, डल्ली भन्ने गर्थी। कसरी म प्रश्न गर्थेँ। अधेँरोमा हिरा मात्रै चम्किन्छ, सिसा चम्किदैन। खुब बाठी छे ऊ, म उस्को जवाफमा निरीह भैइ रहेँ। सङ्का लागि रह्यो, कतै मलाइ हिरा बनाउन जिन्दगीको अधेरोमा त छोडेर गैइन। फेरि उस्को हिरा जस्तै जिन्दगी देखेँ, अनि आफुलाइ अधेँरो नै राख्न चाहेँ, उसलाइ चम्काउन। केही खुसीहरु अरुकै लागि जन्मिन्छ्न् अनि अरुलाइ बाड्दा नै बढ्छ्न्। अनि बढ्न खोजेकाहरुलाइ बढ्न नै दिन पर्छ, किनकी सपना रोकीएला तर इच्छा कहिल्यै रोकिदैन।
मलाइ रातमा उसलाइ सम्झेर यसरी टोलाउन खुब गज्जब लाग्छ। उसका आवाजहरु सँधै गुन्जीरहन्छ्न्, यादहरु झुन्डीरहन्छ्न्।
"हजुरलाइ अब म कहिल्यै कल गर्दिन, रिसिभ गर्ने होइन केरे" उसले च्याटमा घुर्की देखाउथी
मैले मुस्कुराएको sticker पठाउँथे, "मलमास लागेको छ रे, बोल्न हुन्न क्या !!"
"खुब हजुरलाइ लाग्छ औँसी पुर्णे।" मुख बङ्गाको sticker पठाउथी। मैले १ महिना मलमास लगाउदा उसले जिन्दगी मलमास लगाएर गएकी थिइ। अनि कहिल्यै कल गरिन। आकाश त एक महिनामा दुइचोटी अधेँरो हुने गर्छ मलमासमा तर म, जिन्दगी भरी अधेरो हुने गर्छु, जिन्दगी भरी मलमास मनाउने गर्छु।
बादलले एकैछिनमा घुम्टो ओडाएर जुनलाइ लग्यो, जसरी डल्लीलाइ कसैले घुम्टो ओडाएर लगेको थियो, म टुलुटुलु हेरीरहेँ। कति अचम्म है, एकैछिनको प्रेम दुइछिनमै उडाइ लैजाने। हावा भन्ने गर्थी,झुट बोल्न माहिर रहिछे। यादी हावा हुन्थेँ त त्यो बादल उडाएर चादनी नि हेर्थे, अनि उनको सल उडाएर आफुलाइ नि हेर्थेँ, जिन्दगी भर...
एकैछिनमा विलिन भैइ जुन। म विलिन भएँ। आकाश अधेँरो भयो, ताराहरु अधेरा भए, तर जुनकीरी बलिरह्यो। सायद म जस्तै कसैको यादमा जुनकिरी पनि जलेको हुन पर्छ। वर्षा वर्षियो,उसका यादहरुले मन तर्सियो। सँगै नयनहरु वर्षीरहे तर....तर स्वयम्भुको आँखाहरु तिम्रै हुन पर्छ प्रिय मान्छे न कहिले वर्षेको देखेँ न कसैसँग तर्सेको देखेँ।
तिमी जस्तै विल्कुल तिमी...




No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...