दिनभरीको बर्षातले भुइँ पनि मेरो मन जस्तै हिलो भएको छ। तै पनि भुइँमा मान्छेहरु टेकिरहेछ्न्, झन् हिलाम्य बनाइरहेका छन्। अक्सर केही चिजहरु दोहोर्याएर टेक्न मिल्दैनन्, जस्तै मेरो मन। जहाँ हजारौंले देखेर गए, अनि हजारौंमा एकले टेकेर गैइ।
म अचेल आफ्नो मन माथी आफै टेक्ने गर्छु,अझै हिलो बनाउने आसमा। मलाइ थाह थिएन, हिलोले उनलाइ एलर्जी हुन्छ त्यसैले होला उनी हिलो बाट टाढा हुँदै गैइन्, अनि हिलो झन् गाढा हुँदै गयो। अचेल त यो हिलो न त सुक्छ्न् न त कसैले रोपाइँ गरेर हरियै पारिदिन्छ्न, काठमाडौका भत्केका सडकहरु जस्तै बस् घिनलाग्दो अनुहारले हेरिदिन्छ्न् ।
अक्सर तिमी म भित्रको इन्द्रेणी मात्रै देख्ने गर्थेउ तर तिमीले त बिर्सेछौ कि म भित्रको त्यो ठुलो खुल्ला निलो आकाश, जहाँ बादल वर्षिन्छ, बिजुली चम्किन्छ, चट्याङ कड्किन्छ। आखिर यो सबै सहन सकिनौ होला, अनि यो आकाश जस्तो मन देखि धर्ती जस्तो मुटु भत्काउदै बग्दै बग्दै यो हिलो देखि टाढा समुन्द्रमा मोती खोज्दै गयौ है ।
जति याद गर्यो उति वर्षिने यो आँखा पनि समुन्द्र जस्तै छ, जताततै तिमी नै तिमी टिलपिल भएर बसेकी छौ।
ए प्रिय मान्छे,
तिमी भुकम्प होइनौ तर भुकम्प जस्तै मन भत्काएर गैएकी छौ, तिमी बाढी पनि होइनौ तर हरेक बलिन्द्राले मेरो गाला हुँदै शरीर रुझेको पनि पत्तै पाउँदिन, तिम्रा याद पहिरो होइनन् तर दिनहुँ मलाइ उठ्नै नसक्ने गरि चेपिदिन्छ्न्।
टुक्रेको चुम्बक जस्तै पहिले जस्तै जोडिन नसकिने, भत्किएका घरहरु जस्तै उसै गरी अब कहिल्यै पुनर्निर्माण नहुने मेरो धराप मनको चितामा तिम्रै नामका दुई थुँगा निला गुलाफका पत्रहरु थुपारेर राखेको छु है !!!

No comments:
Post a Comment