घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्लङ्ग खाट मा पल्टिए.....अाखा बन्द गरेपछि राेहित काे अनुहार मेराे अाखा मा झल्झलि अाहिरहेकाे थियाे । म तीन छक्क खाए अनि अाफुले अाफैले अाफैलाई प्रश्न गर्न थाले ।
यो ब्लगमा भएका लेखहरु नेपाली कला लाई प्रोत्शाहन गर्नका लागी हो | यि लेखहरु फेसबुकका वालमा समेत पाउन सक्नु हुन्छ | यदी तपाईंलाई कुनै लेख बाट आपत्ती छ भने कृपया कमेन्ट गरिदिनुहोला| हामी सुधारने प्रयास गर्ने छौ|||||
Get Bitcoins
पागल प्रेमि #part 2
-------*विश्वास*------
credit: Anjila Bhatta
मस्तिष्कमा झुटका भुतहरु यसरी सवार छन्, मानौँ विश्वासलाई पाइला राख्ने कुनै ठाउँ छैन । मलाई ब्रह्माण्डको विश्वास लाग्दैन,
यो प्रकृति र विज्ञानको पनि विश्वास लाग्दैन ।
त्यसैले,
मध्यरातमा उठेर म आकास हेर्ने गर्छु,
कतै सूर्य उदाएको छ की?
निदाइरहेका छन् दुनिया सारा,
टल्कीरहेका छन् जुन र तारा,
अहँ मैले सूर्य देख्दिन र म
दोहोर्याएर हेर्छु
किनकी
मलाई आफ्नै विश्वास लाग्दैन!!
कस्लाई विश्वास गर्नु??
मानवता हराएको वर्षौँ भैसक्यो यहाँ,
गल्ली गल्लीमा हल्लीरहेका हुन्छन्
सास फेर्दै गरेका ज्यूदा लासहरु,
जल्दैछ केवल एउटा चिता,
हजारौँ झुम्मीन्छन् हेर्नलाई रमीता,
जलीसकेको त्यो चिताको
खरानी खोतलेर हेर्छु म
कतै प्राण भेटिन्छ की??
मलाई मुर्दाहरुको पनि विश्वास लाग्दैन ।
मूर्तीको विश्वास लाग्दैन,
टेकिरहेको यो धर्तीको विश्वास लाग्दैन ।
भ्रष्ट्राचारी छन् भगवान पनि,
मेरो एक चाहाना पुरा गर्न अनेक बाहाना बनाउछन्
कहिले पुजाउछन्, कहिले ढोगाउछन् ।
मँ फुल चढाइरहन्छु.. दियो जलाइरहन्छु....
प्रतिक्षाको बाँध भत्कीएपछी,
घण्टा बजाएर ब्यूँझाउन खोज्छु
तर उनलाई 'घण्टा' फरक नपरेपछी
मलाई देवताहरुको पनि विश्वास लाग्दैन ।
तिमी अर्कैको काखमा लोहोरी सुन्दै,
फ्रि को वाइफाइ बाट एक टुक्रा म्यासेज गर्छ्यौ र भन्छ्यौ
"Trust me baby"
के म तिमीलाई विश्वास गर्छु होला त??
अहँ,
मलाई कसैको विश्वास लाग्दैन !!
कसैको शब्द अनि भावना 2
#प्रिय_तिमी
कसैको शब्द अनि भावना " #part 1
म चाहन्छु ...! केही महिना पछि , एकाबिहानै तिमी मलाई call गर्नु , अनि त्यो call receive नै नहोस । फेरि तिमी अर्को कोसिस गर्नु call गर्नलाई तर फेरि पनि receive नहोस । फेरि केही समयको अन्तराल पछि तिम्लाई मेरो थोरै चिन्ता लाग्न थालोस ... तिमी message गर्नु मलाई , त्यो message जुन message को कहिल्यै reply आउने छैन । फेरि तिमी साच्चिकै अलिक धेरै दुखी बन्नु , तिमी याद गर्नु मलाई , मेरो हरेक कुरा , मेरो अनुहार अनि मेरो आवाज , तिम्रो लागि मैले गर्ने चिन्ता .... अनि म सङ्गै बितायका हरेक पल ...!
पर्फ्युम
ओहो!बिर्सिएछु...म पनि कस्तो हुस्सु भएको।आज त उ आउदैछे सपनाको भारी बोकेर ल्याउदैछे साथमा- खुसिका गमलाहरु रोप्नुछ हर्सका बिजहरु र स्वास लिनुछ मुस्कानका बास्नाहरुको अनि उड्नुछ - पुतली जस्तै सुखहरुसङ्ग ।।हिजो जस्तोछोडेकी हो तेस्तै हाल छ उस्ले छोएका हर चिज जहाको त्यही छ जस्ताको तेस्तै छ मैले कहिल्यै छोइन कहिल्यै चलाइन मात्र हेरिरहे हर पलमा कुराले मनमौजी जालो लगाउदानि फु सम्म गरिन। डर थियो- कतै उनको हातका चक्रहरु हराउने पो हुन कि भनी।। उनको रातो लाली लागेको गिलास त्यही छ जहाँ उनले हतारमा पानी खाएर राखेकी थिइन- हिड्नेदिन।। बिस्तारा उस्तै छ- जहाँ उनले बिताएकी थिइन हिड्नु भन्दा अघिको रात र , त्यही सिरान माथी नै छ उनले राखेको चिम्टि काटा ।। यत्तिका समयसम्म हरेक चिज चलाउनै मन लागेन थाहा छैन के भन्ने हो उसले।
"सुनौलो सपना र अध्यारो गल्ली" #part 1
To Be Continued
credit: aawrites
साहित्यिक साँझ
credit: govinda pandey
साहित्तिक कलम
जहाँ म प्रेमलाई फूलेको देख्छु
यस्तै छ रे हाम्रो माया दारिमा उनी अल्झिइन् रे अनि उनीमा म अल्झिएँ !!!
'दारि काटेर आउनु ल, फेरि कति घोच्छ्न मेरा गाला भरि' उ बिन्ती गर्थि।
'तिमी बिना दिन काट्न त कति गाह्रो छ यहाँ, दारि काट्ने कुरा गर्छौ।' जिस्किदै भन्थे 'आउ बरु पिरतीको खाँबा काटौली अनि मायाको डोरि बाटौली'
जवाफमा भन्थी 'अनि पिङ चै को खेल्ने नि, हजुरले मिल्दैन'
'जन्मेलान् नि' मैले बढी नै बोलेँ !!
फक्रेको फुल झै फक्रिदै रिसाउँदै भन्थी 'फटाहा बाबा'
म मख्ख पर्थेँ। कतै मान्छे नै ठगेर हिड्म झै लाग्थ्यो जब उन्ले फटाह भन्थी। खै कस्तो सम्बन्ध हो हाम्रो पहिले बाबा भन्थि दारी पाल्ने जाँगर लाग्यो अब कुन दिन दाइ भन्छे अनि बहिनी भनेर लुसुक्क लाग्न पर्ने हो भन्ने पिडाले म जाँड खाएको मान्छे झैँ लरबराउँदै हिड्थेँ।
सोध्थी,'बाबा हजुरलाई दारी प्यारो कि म प्यारो??'
खै कस्तो प्रश्न सोधी म धर्मसंकटमा परे। हलोको फाली कुनै जरामा अड्के झैँ म अड्किएँ, अकमक्क परेँ। दिमाग पनि -78 डिग्रीको बिएर झैँ भयो। जे पर्ला पर्ला दारी प्यारो भन्दिन्छु भन्ने लाग्यो र भनिदिएँ जसरी नि उनलाई रिस उठाउनु न थियो मलाइ।
'तिमी भन्दा त यी दिनरात गालामा चुमी रहने दारी कयौँ गुणा प्यारा छन नि लुरि' भन्दै म मौन व्रत बस्छु।
'हामिलाइ त कहिले पालो दिनुहुन्छ र?' ऊ नभन्दै रिसाइ।
अब फकाउनु न थियो मलाइ। मयुरले झैँ प्वाँख फैलाएर उस्को यादहरुले मेरा नयन अघि नाच्न थाल्छ्न। हामी भित्र बिगुल बज्यो, अब उसको र मेरो प्रेम युद्ध सुरु हुँदैथियो। म सँग हतियार थिएन आत्मा समर्पण गरेँ, उसले मलाइ आफ्नो काबुमा राखि। म अल्झिएँ न भाग्न सकेँ न उनीमा अटाउन सकेँ। अन्त्यमा दारी काट्न बाध्य बनाइ। हिटलर थिइ मोरि मैले हाँरे हारेँ अनि हारेँ।
'अब त थाहा भयो नि बाबा?दारी नकाट्दा के हुन्छ' जितेको भानमा भन्छे।
'केही हुन्न, दारी नकाटे तिम्रो बाबा हुन्छु' म खित्का छोड्छु अनि अब ऊ हार्छे, मैले बोलेरै जितिदिन्छु।
यस्तै छ रे हाम्रो माया दारिमा उनी अल्झिइन् रे अनि उनीमा म अल्झिएँ !!!
माया
म अचेल आफ्नो मन माथी आफै टेक्ने गर्छु,अझै हिलो बनाउने आसमा। मलाइ थाह थिएन, हिलोले उनलाइ एलर्जी हुन्छ त्यसैले होला उनी हिलो बाट टाढा हुँदै गैइन्, अनि हिलो झन् गाढा हुँदै गयो। अचेल त यो हिलो न त सुक्छ्न् न त कसैले रोपाइँ गरेर हरियै पारिदिन्छ्न, काठमाडौका भत्केका सडकहरु जस्तै बस् घिनलाग्दो अनुहारले हेरिदिन्छ्न् ।
अक्सर तिमी म भित्रको इन्द्रेणी मात्रै देख्ने गर्थेउ तर तिमीले त बिर्सेछौ कि म भित्रको त्यो ठुलो खुल्ला निलो आकाश, जहाँ बादल वर्षिन्छ, बिजुली चम्किन्छ, चट्याङ कड्किन्छ। आखिर यो सबै सहन सकिनौ होला, अनि यो आकाश जस्तो मन देखि धर्ती जस्तो मुटु भत्काउदै बग्दै बग्दै यो हिलो देखि टाढा समुन्द्रमा मोती खोज्दै गयौ है ।
जति याद गर्यो उति वर्षिने यो आँखा पनि समुन्द्र जस्तै छ, जताततै तिमी नै तिमी टिलपिल भएर बसेकी छौ।
ए प्रिय मान्छे,
तिमी भुकम्प होइनौ तर भुकम्प जस्तै मन भत्काएर गैएकी छौ, तिमी बाढी पनि होइनौ तर हरेक बलिन्द्राले मेरो गाला हुँदै शरीर रुझेको पनि पत्तै पाउँदिन, तिम्रा याद पहिरो होइनन् तर दिनहुँ मलाइ उठ्नै नसक्ने गरि चेपिदिन्छ्न्।
टुक्रेको चुम्बक जस्तै पहिले जस्तै जोडिन नसकिने, भत्किएका घरहरु जस्तै उसै गरी अब कहिल्यै पुनर्निर्माण नहुने मेरो धराप मनको चितामा तिम्रै नामका दुई थुँगा निला गुलाफका पत्रहरु थुपारेर राखेको छु है !!!
एकतर्फी माया
डल्ली भन्थी,"हेरिस्यो न कति रिक्वेस्ट आएका"
म जिस्किदै भन्थेँ, "किरिम धेरै धसेर।" ऊ ठुस्किन्थी। म अझै जिस्किरहन्थे। आज जुनले पनि किरिम धेरै धसेको हुन पर्छ, अनि पो तारा पछि लागे। सोचेँ सेतो जति सबै किरिम धसेका हुँदैन केही त किरिम नै हुन्छ्न्, जुन पनि किरिम होला, किरिम लगाउन धेरै तारा पछि लागेका छ्न् अनि डल्ली पिरिम होली पिरिम लगाउन धेरै पछि लागेका। किरिम होस् या पिरिम दुवै ब्रान्डेड नै लगाउन पर्छ, नत्र छाला नि बिग्रिन्छ जिन्दगी नि !!
रात कोल्टे फेरिरह्यो, जुनकीरीहरु बत्ति बालीरहे, सबै उज्यालो बनाउदै उडिरहे। सायद मेरो अधेरो अनुहार देखेर जिस्काएका होलान्। जुनकिरि किरा होइन हिरा हो, डल्ली भन्ने गर्थी। कसरी म प्रश्न गर्थेँ। अधेँरोमा हिरा मात्रै चम्किन्छ, सिसा चम्किदैन। खुब बाठी छे ऊ, म उस्को जवाफमा निरीह भैइ रहेँ। सङ्का लागि रह्यो, कतै मलाइ हिरा बनाउन जिन्दगीको अधेरोमा त छोडेर गैइन। फेरि उस्को हिरा जस्तै जिन्दगी देखेँ, अनि आफुलाइ अधेँरो नै राख्न चाहेँ, उसलाइ चम्काउन। केही खुसीहरु अरुकै लागि जन्मिन्छ्न् अनि अरुलाइ बाड्दा नै बढ्छ्न्। अनि बढ्न खोजेकाहरुलाइ बढ्न नै दिन पर्छ, किनकी सपना रोकीएला तर इच्छा कहिल्यै रोकिदैन।
मलाइ रातमा उसलाइ सम्झेर यसरी टोलाउन खुब गज्जब लाग्छ। उसका आवाजहरु सँधै गुन्जीरहन्छ्न्, यादहरु झुन्डीरहन्छ्न्।
"हजुरलाइ अब म कहिल्यै कल गर्दिन, रिसिभ गर्ने होइन केरे" उसले च्याटमा घुर्की देखाउथी
मैले मुस्कुराएको sticker पठाउँथे, "मलमास लागेको छ रे, बोल्न हुन्न क्या !!"
"खुब हजुरलाइ लाग्छ औँसी पुर्णे।" मुख बङ्गाको sticker पठाउथी। मैले १ महिना मलमास लगाउदा उसले जिन्दगी मलमास लगाएर गएकी थिइ। अनि कहिल्यै कल गरिन। आकाश त एक महिनामा दुइचोटी अधेँरो हुने गर्छ मलमासमा तर म, जिन्दगी भरी अधेरो हुने गर्छु, जिन्दगी भरी मलमास मनाउने गर्छु।
एकैछिनमा विलिन भैइ जुन। म विलिन भएँ। आकाश अधेँरो भयो, ताराहरु अधेरा भए, तर जुनकीरी बलिरह्यो। सायद म जस्तै कसैको यादमा जुनकिरी पनि जलेको हुन पर्छ। वर्षा वर्षियो,उसका यादहरुले मन तर्सियो। सँगै नयनहरु वर्षीरहे तर....तर स्वयम्भुको आँखाहरु तिम्रै हुन पर्छ प्रिय मान्छे न कहिले वर्षेको देखेँ न कसैसँग तर्सेको देखेँ।
तिमी जस्तै विल्कुल तिमी...
कति कोमल हुन्छन् है नारीहरु
.....
चुरा टुट्दा दिन भरी रुन्छ्न् तर
मन टुट्दा नजिकै बसेकी
आमालाइ नि थाह दिदैनन्,
मनमा चोट पुग्दा उफ् नि गर्दैनन्,
चाडपर्व नै मनाउदिन भन्छ्न्,
तर मन नपरेको केटा सँग जिन्दगी बिताउन तयार हुन्छ्न्,
कसैको खुसिको लागी !!
साँच्चै नारी महान् हुन्छ्न् है आमा ??
पिरमा पारी पत्र पठाउनुको के अर्थ,
बिसाइ भारी पत्र पठाउनुको के अर्थ !!
न सुन दलेर मुर्ती भगवान बन्छ ।
कसैलाइ निस्वार्थ माया गर्नुहोस ।
कुनै दिन दुश्मन पनि आफ्नो बन्छ !!!कि त तस्बिर कि त तिम्रो बोली चाहिन्छ
रात कटाउन त यता पनि मुस्किल छ प्रिय
हरेक रात आजकल निदाउने गोलि चाहिन्छ।
ए प्रिय मान्छे,
आज तिमिलाइ मैले दरबार मार्गको हरेक शिरिषको झ्याङमा तिमिले सैसला मार्दै गरेको देखेँ। खुब रमाइलो लाग्दै थियो मलाइ तिम्रो त्यो नाच। जसरी मयुरले आफ्ना निला प्वाँखहरु फैलाउदै बन्द गर्दै नाच्दै गर्छ त्यसै गरि तिमिले आफ्ना यादहरु छोड्दै नाच्दै थियौ। कति सिपालु छौ है तिमी आफुलाइ नाच्न मात्रै होइन मलाइ एकै छिन् मा नचाउन पनि। दिउँसोको चर्को घाममा पनि सित्तल बनेर फुली दिने ती फुलहरु अन्जुली भरीमा राखेर हाम्रो मायाको चिनो उपहार दिन मन छ। भुइँ भरी छरपस्ट रहेका ती फुलहरु कहिले नसुकुन अनि सुकाएर आगो कसैले नलगाउन् भन्ने चाहाना देख्दा सबैलाइ हुन्छ, तर अक्सर जे कुरा धेरै प्रेम हुन्छ नि त्यसलाइ फ्याँक्नै पर्ने हुन्छ जस्तै तिमिले फ्याँकेका मेरा माया अनि सद्भावहरु। कति सजिलै फुल्छ्न् फुलहरु, कति सजिलै झर्छ्न्, कति सजिलै बस्छन् प्रेम अनि कति सजिलै टुक्रिन्छ्न् सम्बन्धहरु। दोषी न मुटु रह्यो न त्यो निलो फुल फुलाउने प्रकृति नै रह्यो, दोषी त सिर्फ समय रह्यो अनि रहिरह्यो।
म साँझ परेको मन बोकेर अधेँरिदै बाहिर निस्के। बाहिर भने आज अधेँरो थिएन, आज पुर्णिमा। रुझेको शरिरमा रुझेकै कपडा लगाएर अनि रुझेकै मन लिएर उनिलाइ मज्जाले नियालेँ, नियालिरहेँ। उनको त्यो शरिर, जिउडाल, कोमल हातहरु, लुरी खुट्टाहरु,पातलो कम्मर,यौवनले छोप्दै गरेको स्तनहरु, वैँशले जिस्काउँदै गरेका डन्डिफोर अनि त्यसका दागहरु, सम्झिएँ। मेरो नजरले गर्दा होला, उनिले आँखा चम्किला पार्दै मलाइ हेरीरहिन्। म झसङ्ग भए,जुन देखेर।
भन्ने गर्थिन्, "म मरेँ भने ऊ त्यो,जुन बन्छु।"
"चुप" म मुख थुनिदिन्थेँ। मुख थुनेर नरोकिने रैछ लेखेको कुरा। आखिर छोडेरै गयौ, त्यसैले आज जुनमा तिमिलाइ देखेँ। यो जुन पनि धेरै खुसी देखिन्छ, जुनमा तिमी भएर नै हो।
कत्ती खुसी हुन्छ्न् है छोडेर जानेहरु, छोडिनेहरु पो जहाँको त्यहीँ जस्ताको त्यस्तै। कसरी नसोध। किनकी हरेक पुर्णिमामा तिमिले मलाइ देख्छौ, अनि औँसीमा नदेखे झैं गर्छौ। म हरेक अधेँरी जुनकीरीको उज्यालोमा तिमिलाइ खोजीरहन्छु जसरी हरेक जुनकीरी अधेँरीमा चम्किन खोजिरहन्छ। मन जलेर निस्केको धुवाँमा तिमिलाइ खोजीरहन्छु, काम लाग्न नसकेर मेरो मनको एस्ट्रेमा थुप्रिएको यादका खरानीहरुमा तिमिलाइ नै खोजीरहन्छु। पिउन बाँकी रहेका केही बोत्तल जहरहरुमा तिमिलाइ नै खोजीरहन्छु। अब भन अझै कति मौन बस्छौ, बाह्र वर्षमा त खोली नी फर्किन्छ रे प्रिय यो हाम्रो पाँचौ एनिभर्सरी...अझै म पनि जुन बनेर तिमिलाइ भेट्न आउन कति वर्ष कुर्न पर्छ मैले ??
थाहा छ तिमी बोल्दिनौ, फर्किन्नौ तर जब लत हुन्छ नि नपाए न आश भने भैइरहने रहेछ। तिमी माथी आकाशमा जुन बनेउ म धर्तीमा कुन बने कुन। हामिलाइ जोड्ने यही एउटा सुर्य छ कहिले चुरोट सुर्य कहिले घाम सुर्य। मैले धेरै सम्झिएँ, सायद तिमिलाइ बाडुल्कीले खप्न भएन होला, त्यसैले रिसले बादलको सिरक ओडेर सुतिदियौ।
तिमि हराउँदै गयौ, म विलिन हुँदै गएँ। पर्खिरहेँ, कतै तिमिले गाली गर्दै भन्छौ," निमोनिया हुन रुझ्छौ अझै ??"
तर गाली गरीनौ,किनकी तिमिलाइ थाहा छ म अचेल सँधै बिमारी नै हुन्छु भन्ने। प्रिय मान्छे मिल्यो भने चाँडै भिसा पठाउनु म पनि जुन बन्न आउनेछु, छैठौँ एनिभर्सरी उतै मनाउँला !!
bye धेरै सम्झियो नभन्नु है ।
जुनले शीत छोडेर गयो, ताराले जुन लिएर गयो। कस्तो अचम्म है, सायद प्रेम युद्ध त आकाशमै हुन्छ, धर्तीमा गरिने त सबै भ्रम युद्ध न हो।
बिहानै अधेरो नै रहेको मेरो कोठामा म अधेँरो मुख लगाएर मेरी उजेलीको रोशनीमा हराउन खोज्दै थिएँ, तर समयको ब्ल्याकहोलमा पसेका उनको रोशनीको पाइलाका डोबहरु, मैले कहिल्यै पछ्छ्याउन सकिन। म आँखा हेर्ने बहानामा आज पनि आँखा भरी उनिलाइ नै बनाएर हेर्ने गर्छु। zoom गरेर हेरिरहन्छु, backround blur गरेर हेरिरहन्छु। मेरी यी नजरमा रहेका तस्बिरहरुको व्यापार हुने भए साँच्चै DSLR लोप हुनेछ, डाइनोसर हुनेछ।
अलि पर मन्दिरमा तिमिले मलाइ देख्नु भन्दा वर्षौँ पहिले देखि मान्छेहरु घन्टी बजाएर भगवान खुसी पार्ने बहाना गरीरहेका छ्न्, भगवान् लाई रीस उठेको बेला त्यही मान्छेहरुको घण्टी बजाएर मजाक लुट्ने गर्छ्न्। अब मैले तिमिलाइ भगवान जस्तै भन्न पाउँछु नि प्रिय ??
राती मैले निकै लामो सपना देखेँ, खै के के देखेँ कुन्नी, तर न तिमिलाइ देखेँ न भगवान् लाई, के भगवान् मन्दिरमा मात्रै बस्छ्न् हो, कि पथ्थरमा मात्रै बस्छन् ?? हरेक साँझ अनि बिहान, आगोले चुरोट्लाइ जलाइरहन्छ, जसरी धुपले मन्दिर जलाइरहन्छ, जसरी तिमिले मलाइ जलाइरहन्थेउ, हो उसै गरि। हामी त छुटेउँ अब यो चुरोट र आगो छुटेको दिन अनि मन्दिर र धुप छुटेको दिन म सन्सार पनि छोडिदिन्छु, किन नसोध...
अचेल म यिनिहरुको प्रेम हेरेर आफैमा हराउने गर्छु, सायद जल्नेहरु छीटो हराउने भएर होला।
साहित्तिक कलम
पागल प्रेमि #part 2
घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...













