Get Bitcoins

जन्मदिनको उपहार जिन्दगी भरलाई अविस्मरणीय

आफ्नो जन्मदिन कसलाई पो प्यारो नलाग्ला र? यही दिन त हो जुन दिन सबैले सम्झने।। Baisakh २० गते मेरो जन्मदिन आज। सोचेको थिए जन्मदिन मा धेरै जनाले शुभकामना देलान् msg, phone आदि इत्यादी।। त्यस्तै पनि भयो  , 2 4 जाना ले शुभकामना रूपी message हरु पनि पठाए। कसैले फोन बाटै happy birthday का मीठा शब्दहरू पोखे तर यो मन ले आज सारै ठूलो उपहार सहित जन्मदिन मनाएको छ। BSC. सेकेण्ड सेमेस्टर काे  1st internal exam काे  तयारी मा रहेको म भोलि ENVIRONMENT को exam थियो। दिएका 2 subject पनि ठिकै पास भइन्छ की भन्दै गए। अरु पनि त्यस्तै सँन्घारमै थिए। जन्मदिनको दिन मेरो आज बिहानै देखि मोबाइल switch off थियो कारण खुलाउन चाहिन। बिहान 9:00-12:00pm सम्मकाे BOTANY काे परीक्षा apex college मा सकेर कलेज बाहिर निस्केर मोबाइल on गरे। मोबाइल on गरेको करिब दुई minute पछि 2 ओटा message हरु आएँ। एउटा दिदी काे थियो  र अर्को चाँहि उसैको थियो।
ढिलै भए पनि  शुभकामनाका गुच्छाहरु उसले मेरो झोलीमा हालीदिई।  Messageकाे reply गरी room तिर फर्किए। किन किन मलाई room मा जानै मन थिएन अनि घुमाउरो बाटो हिड्दै म एनसीसी कलेज काे compound भित्र गएर सितलमा बसिरहेँ। BBS को exam चलेको हुनाले NCC सुनसान थियो। मैंले पनि चाहेकाे पाएँ र बगैंचाकाे एक छेउमा गएर बसे। मनमा अनेक कुराहरु खेली रहँदा एउटा फोनको vibration mode  काे तरंगले झसङ्ग पार्यो। उसकै फोन थियो, एकछिन त बोल्न नै आएन  तैपनि केही साहस गरी तेस्रो पल्टमा receive गरें।
पहिलो शब्द happy birthday नै थियो उसको। मैले thank you ले जवाफ फर्काएँ।  उसले exam । कस्तो भो? काहा छौ भनी प्रश्न काे थुप्रो मा तिर पठाई। मैले room मा जानै मन लागेन  परीक्षा ठिकै भो भने। उसले आमा बुवा ले बोलेको सुनेजस्तो छ म पछि फोन गरछ अहिले खुरुक्क room मा गएर खाना खाउ भन्दै फोन काटदिईन।
तर
मनमा एक रति पनि room मा जाने मन थिएन। 12 बजे परीक्षा सकेको म दिउँसो २:३० सम्म पनि बाहिर थिए। केही समय त्यही सितालमा बसी करिब ३:१५ तिर कोठामा हिडेँ। Room मा भाई ले किन late भो? अनि परीक्षा कस्तो भो भने। मैले ठिकै भो , त्यत्तिकै late भो भनि कपडा change गरी खाट मा पल्टिए। खाना खानी पटक्कै मन थिएन अनि एकैछिन मोबाइलमा रहेका उसका फोटो हरु  हेर्दै सीरानी काे कोल्टो फेर्दै गरें। एकैछिन् Facebook message पनि हेरेँ र wall मा पोस्ट गरिएका birthday post। हरु लाई like अनि reply फर्काएँ र फेसबुक क्लोज गरी हल्का किताब पढ्न थालेँ।
 करिब ५:१५ भइसकेको थियो उसको एक्कासी misscall आयो। मैले फोन गरेको receive गरिन र एकछिन पछि आफै फोन गरी र मलाई एउटा कुरा भन्नु छ please phone नकाट भनी। मैले पनि हुन्छ भनें। मनमा संका लागीराथियो sure नराम्रो कुरा हो भनी। उसले त्यही स्वरूप मलाई एउटा उपहार दिइ जिन्दगीभरि लाई नबिर्सिने गरी। हो जिन्दीभरिलाई एउटा अमीर छाप हुने गरी।
   मैले  के कुरा हो  भन् न त भन्दै थिएँ उसले please पीर नमान अनि फोन पनि नकाट भन्दै कुरा लम्ब्याउन खोज्दै थिई। मैले छिटो भन् त मान्छु के तैले भनेकाे भन्दै कुरा बुझ्न चाहें। त्यत्तिकै मा उसले सानो सानो स्वरमा भनी "मेरो विवाह हुने भयो। "
एकैछिन बोली हराएर गयो, केही शब्द मुखमा नै आएनन्। एक्कासी आँखा बाट थोपा थोपा आँसु खासिरहेका थिए थाई नपाई। ठूलै छाँगाबाट खसेको जस्तो भान भो। जिन्दगीमा ठूलै पहिरो गएर सब तहसनहस पारे जस्तो लाग्यो।
  त्यत्तिकै मा उता बाट उसले भन्दै  थिई please  म सँग बोलिदेऊ फोन नकाट उसको बोली सुक्क सुक्क रोएर बोलेको सजिलै चिनिन्थ्यो।
मैले बोल्नै सकिन थाहै नपाएर फोन कटेछ। 2 मिन पछि उसले फोन गरी केही साहस बटुलेर फोन receive गरे अनि कैले हो? काे केटा हो भनी अलि अलि जान्न चाहे। उसले पोखरा काे केटा हो हल्का business गर्ने हो रे। मैले कहिले हो त बिहे भनेकाे वैशाख 18 गते भनी। मेरो आँखा बाट बारम्बार आँशु बगिरहेको थियो।सायद जिन्दगी मा यसरी रोएकै थिइन म कसैको लागि।
दुवै तिर बाट सुक्क सुक्क गर्दै सानो सानो स्वरमा बोलचाल भई रहृयो।अनि फोन राख message गर भनी फोन काटे।
केही सम्म आँशुलाई रोकी एउटा message लेख्ने आँट गरे Message मा उनलाई नयाँ जिन्दगीको शु भकामना थियो। अनि एउटा धन्यवाद पनि। धन्यवाद मेरो जन्मदिन को अवसर पारेर दिएको यो साब्दिक उपहार थियो जिन्दगीभरका लागि।
सायद कुनै प्रेमीले पाउला र यतिको अमूल्य र मूल्यवान उपहार ??? तिम्रो जिन्दगी खुसी र सुखी रहोस् लाखौं लाख शुभकामना भनी मेसेज गरेँ तर त्यसको कुनै reply आएन।
 किन किन मन यति कमजोर भयो कि आँखा अगाडि सब कालो बादल लागे जस्तो भान भो।
एउटा केटा मान्छे म अर्थात केटाको मन अलि दरो हुन्छ अरूको तुलनामा भन्ने कुरा मेरो जीवनमा मेल खाएन। सानै कुरा भएपनि मन रुदो रैछ।जिन्दगी भर हरेक मोडमा तिनै पाइला का समधुर सम्झना आत्मसात गर्नुपर्ने बाध्यता रहेछ सायद जिन्दगीभर पछुतो नै पछुतो मा बित्ने जस्तो।
तर पनि उसले दिएको अमूल्य उपहार ले खुसीको बहार विपरीत एउटा निरासपन , दुखी मन र आँशुको संसारमा पौडाईदियो।उसको कुनै गल्ति छैन, न त उसको चाहना हो अर्कैको हुने, तैपनि जिन्दगीले डोर्याएको बाटो मा हिड्नु पर्ने रहेछ जस्तो भएपनि, जसरी भएपनि। पीडा पाएपनि, माया पाएपनि। सायद यही सिकाएर गयो आजसम्मको यो मेरो चोखो माया को प्रहरले।।।
जन्मदिनको बिहान करिब 12 बजे उसैले पठाएको message पनि  मेरो जिन्दगीका लागि उसको अन्तिम मायारुपी मेसेज होला।
Every second good remembers you,every minute good bless you, every hour God cares for you because everyday I pray to God to take care of you
Happy birthday to you..
 साँच्चै नपाउने चीज को ज्यादा चाहा हुन्छ भनेको हो रैछ, हरेक पल उसलाई आफ्नो बनउन नसक्नु  पीडा मात्र मन भरी खेल्दो रहेछ। पानी पर्दा उ संग त्यो पानी मा भिजेका दिनहरू, घाममा सँगै चिसो पिउँदै सितल छहारी मा बसेको पलहरु नै यादगार बनेर आइरहँदा रहेछन।। केवल उसकै यादमा।।


आँखै काे डिलमा ठूलै झरी छ तर
                                 किन थाहा छैन
भिजी मनभरी छ तर
                        किन थाहा छैन
जिन्दगी यो एक्लै तर्छु भन्दा
                          भन्दै पनि
तिम्रो याद वेशरी छ तर
                  किन थाहा छैन।।।
बस! एउटा भोगाइ रहेछ जिन्दगी।।।।
                                       तिम्रो सम्झना.............

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...