Get Bitcoins

TC मा परेको माया जिन्दगानी दर्पण छायाँ

2 पछि को अर्को नयाँ जिन्दगी bachelor life... के गर्ने होला भन्दा भन्दै त्रिचन्द्र कलेज मा पढ्ने सोच गरियो। धेरै जसो दाजु दिदी हरु यस कलेज मा पढिसक्नु भएको थियो। जिन्दगीले मलाई नि यही लेराएर छोड्यो। एउटा एतीहसिक कॉलेज मा पढ्न पाउनु नि भाग्य थियो। कलेज बडा रमाइलो थियो एउटा रंगमंच जस्तो, कोई आउँदैछ कोई जाँदैछ पढाइ त्यस्तै हल्ला को त कुरै नगरौं। गार्डेन सबसे चर्चित थियो। दिन बिद्दै थिए म ESM combination को विद्यार्थी थिए। प्राय केटि हरु धेरै हुन्थिए। क्लास मा कहिले नि राम्री केटी सँग बस्ने मौका मिलेको थिएन। एकदिन क्लास आउन ढिला भइसकेको थियो त्यसमाथि सीट नपाइने अवस्था तर भाग्यले पाँचौं बेन्च म छेउ काे सीट खाली रैछ। बेन्च मा 2 जना केटी थिए, म नबोली पढाएको सुन्दै थिए। प्राय केटि सँग नबोल्ने म , नबोली नै बसिरहे, बीच काे केटी साथी हसिरहिन र मा नि हाँस्न थाले विनाकारण, त्यसपछि बोल्न सजिलो भयो र हाम्रो परिचय भयो मेरो साइड मा बस्ने साथी को नाम shristi pantha थियो, मलाई निकै मन पर्यो पहिलो नजरमा। हामी त्यो क्लास मा पढ्नु को साटो गफमा मस्त भयौँ।पूर्व ITAHARI की उनी र म स्याङ्जा काे मा। जम्काभेट नै खत्रै थियो हाम्रो। त्यसछि फेसबुक मा गफ हुन थाल्यो हाम्रो उनी पढ्न मा बेस्त त्यसैले खासै गफ हुन नपाउने तैपनि हामी गफ गर्न  छोडेनौ। माया त गहिरै पर्न थाल्यो, संबंध लाई निरन्तरुपमा अगाडि बढायौं।  म कुनै गल्ति बिना बातबात मा "sorry" भनिरहन्थे। उनी मायामा "सोरी" र  "थ्याङ्क यु" भन्नु हुन्न माया कमजोर हुन्छ भनेर सिकाऊथिईन। मैले नभन्ने वाचा गरेकाे थिए। तैपनी कुरै कुरामा एकदिन सोरी भन्न पुगे। उनी रिसाइन् र वाचा याद दिलाईन्। मैले वाचा याद दिलाएको मा फेरि झुक्किएर thankyou भनेछु। उनी आँखा तरिन। मैले जिब्रो तोकेर लजाउँदै फेरि सरी भनेछु। उनी केही रिसाएजस्तो  गर्दै हाँस्न थालिन्। हामी दुवै बेस्सरी हाँस्न थाल्यौ।उनले IELTS prepare गरेकाे मलाई थाहा थिएन र उनीले पनि मलाई भनिनन्। हाम्रो first year सकिन लाग्दा मलाई थाहा भयो कि उनको अष्ट्रेलिया को visa लागेछ। अब उनी अष्ट्रेलिया मा नर्सिङ पढ्न जाने भईन। मन यसै नरमाइलो हुँदै थियो त्यो एक, वर्ष ती दिन हरु सम्जिदा एक्लै हाँस्न मन लाग्छ। समय को खेल न हो। विदाई काे दिन उनलाई अँगालो हालेर शुभयात्रा भन्दै गर्दा उनले thank you  भनेकी थिइन्। किन "thank you" भनेकी पागल? भनेर म रिसाएझै गर्दा उनले  नै आँशु बगाएर "सोरी" भनिन्। हामी घुक्क घुँक्क रोए का थियौं। आजकल उनलाई फोन गर्न खोज्दा हरेक पल्ट सोरी द नम्बर यु ह्याब डायल इज नट रजिष्टर्ड भनिदिन्छ। सायद हाम्रो कमजोर माया यति सम्म रैछ।।
विर्सन लाख खोजें तर आंखा मै वस्यौ तिमी
मरुभूमिमा पुगि हेरे प्यास तिर्खामै बस्यौ तिमी 
कसरी टाढा भागौं यादबाट उपाय खोज्दै 
निर्झर जङ्गल पसे वन पाखामै बस्यौ तिमी !!!!

miss you dear❤❤❤❤❤

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...