Get Bitcoins

मायाको अन्तिम पत्र ❤❤❤❤

यो पत्र नै तिम्राे लागि सायद आखिरी हाे। मैले सकेसम्म तिमीलाई आफ्नो जीवन बाट भूल्न चाहें। अब म चाहन्न हामी बिच फेरि मायाको /प्रेम को टुसा पलाओस।
हरेक बाटो अपनाएको छु तिमीलाई भुल्न यति सजिलो त कहाँ छ र तर पनि हार्न जानेको छैन। थोरै जिद्दी जरूर छु बरु 😣😣। तिमी सँगै बिताएका पलहरु महसुस गरेको हुनु पर्छ।
मनका अनगिन्ती भावना जस्ले बस तिमीलाई भुल्न चाहन्छ। त्यो हाम्रो पहिलो भेट धदेखि लिए अन्तिम फोन को बोली सम्म तिमीलाई भुल्न सकिरहेको छैन  र म तिम्रो खुशी मुस्कान काे बाधा बन्न चाहन्न।
   भुल्नै पर्छ तिमीलाई। बगैंचाको फूल सँग समिप्यता बढाएछु आज निकै पश्चताप गर्दैछु।
मलाई धेरै प्रश्न को ओइरो लाग्छ। आजकल फोन पनि कम जान्छ तिमीलाई जसले बताउनेछ कि हर कुरामा बिर्सन खोज्दैछु तिमीलाई  तिम्रै खातिर।।।
कुनै दिन सुबास ले तिमी सँग कसम खाएको थियो। झुटो नमनिदिनु ती कसम लाई 😢😢😢। चाहे  तिम्रो नजर मा म धोकेबाज नै किन नहोऊ ।।
प्रेम गर्नु काे नमिठो सजाय  पाएँ
नचाहेरै तिमीलाई गुमाउन बाध्य छु आज
मेरो जीवनबाट अलग गर्न बाध्य छु
म सँग काे दूरी अनि अर्कै सँग काे सामिप्यता ले तिमीलाई झन् खुसी बनउने छ।
सकेसम्म माफ गरी भूलिदिनु। इतिहासले जसरी सबै कुरा रहस्य राखेको छ मैले पनि आफ्नो कारण  तिनै इतिहास झै भन्न चाहन्न। थाहा छ तिमीले मेरा सबै कुरा मान्छौ। अब अन्तिम एक भुल्न मा पनि मदत गरिदिनु।।।






भो नयनमा आँशु न भरेकै जाती अब
झुटो माया मलाई न गरेकै जाती अब

गुलब ले पनि घोच्यो तिखो काँडा बनी
मेरो पाउ मा फूल न छरेकै जाती अब

नियती ले जुराएर कतै हाम्रो भेट हुदा
कालु  भन्दै नजिक न सरेकै जाती अब

तिमी आफ्नो बाटो लाग म पनि त्यसै गर्छु
घुर्की लाउने आँखा नतरे कै जाती अब
                         तिम्रो सम्झना..........................!!!!!!!!!!!!!!!!!!!

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...