Get Bitcoins

Dear S ❤❤❤❤

पानी परिराछ ,बाहिर ननिस्किनु है,हजुरलाई यसै त खोकी लाछ,झन चिसोले समात्यो भने",पानी परिरहदा उ मलाई फोन गरेर सम्झाईरहन्थी।"मलाई त पानीमा रुझ्न खुब मन पर्छ,बरु तिमिपनी छाता ओढेर आउन,सङ्गै रुझौला,कम्मल भित्र मुख घुसारेर मन चन्चल बनाउदै म प्रस्ताब राखिदिन्थे।अ....काम छैन नि मेरो,घरमा कत्ती काम छ ,भाइ स्कुलबाट आउने बेला भो खाजा पकाउनै बाकी छ,मेरो कुरा बुझ्या हो नि,फेरि त्या पानीमा गएर रुझेको रहेछ भने भोलि मैले के गर्छु थाहा हुन्छ"।उ पुरानै कुरा दोहोराएर चेतावनी दिएजस्तो गर्थी।"हस हजुर म कतै जादिन",आज्ञाकारी बालक झै म चुपचाप उसको कुरा मानिदिन्थे।र कम्मल मुनि घुस्रीएर कल्पनाको झरीमा उसलाई आफुसङ्गै भिजाईरहन्थे।
आजको दिन पनि पानी परेको छ ।म झ्याल नजिकै बसेर बाहिरको सेरोफेरो नियालीरहेको छु।ए पागल,झ्यालमा पनि नबस्नु ,बाछीटाले भेट्छ,हजुरलाई खोकी लागेको छ,गुलाबी ओठ कानमा जोडिएर फुसफुसाएजस्तो लाग्छ।ख्वाङ ख्वाङ खोक्दै यताउति चिहाउछु।कलर उडेका भित्ता ,टेबलमा आधा पल्टाएर राखेको लोकसेवा तयारीको बुक झट्ट नजरवरिपरि घुम्छ।नेपालमा सबैभन्दा पानी पर्ने ठाउ कुन हो थाहा छ??,उ किताबको पाना पल्टाउदै एकपल्ट मलाई सोधेकि थिई।थाहा छैन,कुन हो??,म जानेर पनि अबुझ बनिदिएको ।लुम्ले,कस्तो यतिपनी नजानएको ,उ रिसाएझै गरेर बोल्थी।कुनैदिन म पनि तिमिलाई त्यहि घुमाउन लैजानेछु है?,म उसलाई आफ्नो छेउतिर तान्दै आफ्नो कुरा सुनाउथे।पानी परिरहने ठाँउमा गएर नि के घुम्नु ,घाम लागेको ठाँउमा पो घुम्नु त,उ निधारतिर झरिरहेको कपाल पन्छाउथी।हावाको चिसो झोक्का मेरो पाखुरा नजिकै बाट बहदै गएर किताबका पानाहरुसङ्ग ऎठजोरी खेल्न थाल्छ।फेरि झ्याल बाहिर चिहाउछु।परको चिया पसल तिर नजर सोझिन्छ्न ,बाहिरका दुई कुर्ची आजपनी आफ्नै स्थानमा यथावत छ्न। कुर्चीको आडेस लगाउने ठाउमा पर्मानेन्ट मार्करले लेखेको S देखेर मन चिसो हुन्छ।ह्या किन लेख्नुपर्यो,कसैले देख्यो भने? मैले मार्करले उसको नामको पहिलो अल्फाबेट लेखिरहदा उ कसैले देखेर गाली गर्लान कि भनेर प्ल्याक पुलुक दायाँ बायाँ हेरिरहेकी हुन्थी।"के भो त मेरो प्रेम संसारलाई थाहा होस ,कुनै बस्तु नरहोस जसलाई थाहा नहोस कि म तिमिलाई माया गर्छु",म उसको अनुहार हेर्दै हेरिरहन्थे।अरुलाई किन थाहा दिनुपर्यो,तपाईं र मलाई थाहा भए पुगिगयो नि।उ चियाको चुस्की लिदै सम्झाउथी।उसले सम्झाउदा त मैले उसको नामको अल्फाबेट कोरिसकेको थिए।आज पानीले कुर्ची भिजेको छ,सायद कुर्चीको पनि स्न्यायु हुन्थ्यो भने कसरी बाहिर रहिरहन सक्थ्यो??,चिसोले भेट्टाएर खोकी लागिहाल्थ्यो ।अमिलो मन बनाउदै आकासतिर हेर्छु।काला बादलका टुक्रा ठुस्स अनुहार बनाएर जमिनतिर फर्किरहेका छ्न।"भयो बाबा ,अब म कहिल्यै भन्दिन कान समाते",म कान समात्दै रुन्चे अनुहार बनाएर उतिर फर्किन्थे।उ ठुस्स अनुहार बनाएर बसेकी हुन्थी।"लास्ट चोटि भन्द्याछु,अब मलाई साथ छोड्छ्यौ कि भनेर भन्नू भो भने मात्र म कहिल्यै बोल्दिन,शंका गर्नेले माया किन गर्नु"।उस रिसले चुर बन्थी।भयो अब कहिले भन्ने छैन,म लगातार कान समातेर उसको अगाडी उभिरहन्थे।
ढक ढक ढक ढक,ढोकाको निर्जिव मुटु बेस्मारी उफ्रिन्छ।झ्यालमा उभिरहेको मान्छे ढोका नजिक सरेर चुकुल खोल्छु।बाहिर कुनै मानव आकृति देखिदैन।ढोका बन्द गर्छु।ढक ढक गरिरहन्छ।हावा बेस्मारी चलेको छ।झ्याल बन्द गर्न पर्दा तान्छु,यसरी नत्तान्नु है अरुले देखेभने,उसलाई आफुतिर तानेको दृश्य आखावरिपरी सलबलाउछ।कानमा उसको आवाज गुन्जिएझै लागिरहेको छ।मलाई एक चिर निन्द्रा सुत्न मन छ।म सुतेर उठ्दा उसको कुनै सम्झना बाकी नरहोस ।सुत्नलाई खाट नजिकै सर्छु। तन्ना किन्न पनि नआउने है तपाईलाई,यस्तो कलर जाने तन्ना पनि किन्छ्न त,खाटको तन्ना लाई हेरिरहदा पनि उसकै आवाज महसुस गरेको छु।चार बर्ष भएछ उसले मलाई छोडेर गएको तर आजसम्म म उसलाई बिर्सिन सकेको छैन ।उसका यादहरुले मेरो स्नायुलाई निमोठिरहेको छ।एकपल्ट सोध्न मन थियो,मलाई छोडेर गएपनी तिमी खुसी त छौ नि??,तर संसार छोडेर गएको मान्छेलाई म कसरी सोध्न सक्छु??किताबको पानालाई हावाले पल्टाईरहेको छ।आज लुम्लेमा पनि पानी परेको छ हो?Dear S मलाई सुनाउन मन छ,हामीले हिड्ने गल्लीहरुमा आज कुनै रौनक छैन।जीवनमा कुनै खुसी बाकि छैन।यो झरी पनि कति अभागी ,तिमी र मलाई एकसाथ कहिल्यै रुझाउन पाएन।प्रिय जहाँ छौ खुसी रहनु,मलाई खोकी लाग्ला र सपनामा आएर तिमिले गाली गर्लाउ भनेर मैले थर्मस भरी तातो पानी हालेर राखेको छु,न्यानो ज्याकेट लगाएर बसेको छु,त्यही ज्याकेट जुन तिमिले मलाई मेरो बर्थ डे मा गिफ्ट दिएकि थियौ।Dear S आजपनी म तिमिलाई उत्तिनै माया गरिरहन्छु।तिमी जहा छौ खुसी रहनु❤❤❤❤☺☺☺☺

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...