Get Bitcoins

पृथ्वी साच्चिकै गोलो रहेछ ☺☺☺☺☺☺

"तिमीलाई जति कोसिस गरेपनि आफ्नो बनाउन सक्दिन ???,"उसंग छुट्टिनुभन्दा ठिक एक दिन अगाडी उसलाई रुन्चे श्वरमा यो प्रश्न गरेको थिए ।यो साझको कसम बरु म जड्याहा संग बिहे गरुला ,तर त जस्तो केटासंग कहिल्यै नजिक हुने छैन । उसले आक्रोश भरिएको जवाफ फर्काएकि थिई ,अन्तिम आग्रह पनि ईन्कार गरिदिदा म बाध्यता ले उसंग टाढिएको थियो । फेसबुकमा पनि उसले मलाई ब्लक गरिदिई । सम्बन्धबाटै ईन्कार भएको म उसले फेसबुकमा ब्लक गरिदिनु कुनै नौलो कुरा थिएन मेरो लागि । केहि महिना सम्म उ हिड्ने बाटो छेउ लुकेर हेर्ने गर्थे । पछि पछि बिस्तारै समयले मस्तिष्कमा उ प्रती नकारात्मक भावना पैदा गरिदिन थाल्यो । त्यसपछिका दिनहरुमा उसको पिछा गर्न छोडिदिए । उ संग सम्बन्ध टुटेको एकबर्ष पछि उसको बिहे भएको खबर सुने । केटा क्यानाडाको पिआर होल्डर भन्ने थाहा पाए । मलाइ बिना कारण छोडेर ठिकै गरिछे जस्तो लाग्यो । विदेशको नाममा ईन्डियासम्म पनि नगएको मलाइ छोडेर पिआर होल्डर पाउने उ भाग्यमानी महसुस गरे । त्यसपछि मैले उसको खोजखबर वास्ता गर्न छोडिदिए ।
लगभग छ बर्ष पछि अघिल्लो साउनको अन्तिम हप्ता उसको फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाईल पिक्चरमा उ र उसको श्रीमानको संगै जोडिएको फोटो थियो ।मन खिन्न भयो ।बर्षौ अगाडी उसलाई भुलिसके भनेको मेरो मनले आफैसंग झुटो बोलेको रहेछ।बर्षौ अगाडी जसलाई गलत सम्झिएर ब्लक गरिदिएकी थि ,आज उ त्यहि गलत मानिसलाई रिक्वेस्ट पठाउदै थि ।उसको फ्रेन्ड रिक्वेस्टले मनमा कुनै खुसि थिएन ,मन निरास बनेको थियो ।मन नलागी नलागी रिक्वेस्ट असेप्ट गरिदिए ।साथी भएको चार पाँच दिनसम्म पनि न उसले म्यासेज गरि न मैले नै ।उसले सुरुवात नगरी मैले म्यासेज पठाउनु को कुनै औचित्य थिएन । शुक्रबार बेलुका तिर उसले म्यासेज पठाई। म्यासेजरमा आउँ मिल्छ आशिष ,उसले अन्तिममा टाईपिंग गरेको मेरो नामभित्र आत्मियता महसुस गरे । यताबाट अडियो कलमात्र खुल्छ के गरौ ??? ,मैले बाहाना गरे । उसले हुन्छ भनेर भिडियो कल अन गरि। गुलाबी कलरको सोफा ,अगाडीको टेबलमा बियरको बोतल अनि हातमा आधा बियर भरिएको ग्लास उ मात्तिएकी छ झै लागिरहेको थियो। पहिलो म्यासेजमै हालखबर सोधी ।उ बिना तड्पिएको मुटुको उसलाई पहिला पनि कहा महसुस भएको थियो र अब हुनेछ ,मैले ठिक छ भनेर झुट बोलिदिए ।उसले पढाई अनि घरपरिवारको बारे सोधिरहि । मैले ठिक छ राम्रो छ भनेर छोटो शैलीमा जवाफ फर्काइरहे ।सानो भान्जी नानुलाई कस्तो छ ।मसंग छुट्टिनुभन्दा अगाडी उ मेरो भान्जी संग बोलिरहंथी । भान्जिले माईजु भनेर बोलाउदा उ मुसुक्क हासेर कुरा फेर्ने गर्थी ।झलक्क त्यो दिनको दृश्य आखामा नाच्न थाल्यो ।आफुले आफुलाई सम्हाल्दै जवाफ फर्काए,भान्जी पनि आराम छिन ।
उसले यसरि प्रश्न सोधिरहेकी थिई कि मानौ उ नया पत्रकार हो ,अखबारमा छाप्नको लागि उसलाई नया सन्दर्भ सामग्रीको जरुरी छ ,करिब आधा घण्टा सम्म उ बोलिरही र बिस्तारै उसको प्रश्नहरु छोटिदै जान थाले ।अनि तिम्रो सुनाउ तिमीलाई कस्तो छ। मेरो प्रश्न सुनेर उ डाको छोडेर थालिसकेकी थिई ।आखाबाट आसु तरतर झरिरहेको थियो । मेरो मन पनि कुडीएर आयो । पहिला उसको आखा रातो देख्दा पनि आसु झरिहाल्ने मेरो आखाले भने उ रोएको समबेदना पुर्वक हेरिरह्यो ।धन्न जीवनमा उसलाई भुल्ने बाहानामा यति प्रगति भने गरिएछ ,मनमनै सोचे ।नरोउ भन्न पनि कस्तो असजिलो महसुस भयो ।केहि छिन पनि उ रुन केहि कम भयो आसु पुछ्दै गरेको अबस्था देखेर नरमाइलो लाग्यो ।समयले मेरो जीवनसँग खेल खेल्यो सुवास,उ धाराप्रबाहा भईरही ।तिमीसंग जुन घमण्ड देखाएर सम्बन्ध तोडेको थिए ,समयले त्यो घमण्ड तोडेरै छोड्यो । म क्यानडा आएपछि थाहा पाए कि मेरो श्रीमान साच्चिकै ड्रंकर हुनुहुदो रहेछ । कत्ति महिना सम्म मैले उहाको पिउने बानि हटाउन अनेक प्रयास गरे । तर उहा यत्ति यडिक्ट भईसक्नुभएछ कि मेरो हर कोसिस असफल भयो ।सम्बन्ध मा बिस्तारै दुरी बढ्दै गयो ।लेट नाईट पार्टी , दिउसो आफ्नो अफिस ,उहा मलाई नोकर जस्तो ब्यबहार गरेर झर्किने फर्किने गर्न थाल्नुभयो।,र सम्बन्ध डिभोर्समा गएर टुंगियो ।आज म यो बिरानो मुलुकमा एक्लो भएको छु ।पृथ्वी गोलो छ भन्थे हो रहेछ सुवास ,मैले तिमीप्रति ओकालेको बिषले आफैलाई लाग्यो ।मलाई माफ गरिदिनु सुबास
त,जुन घमण्ड को कारण मैले तिमीलाई छोडेको थिए ,आधा बिष त आफैभित्र रहेछ ,सक्छौ भने माफ गरिदिनु । मसंग सहानुभूतिको लागि कुनै शब्द थिएन ,उसको यो अबस्था देखेर मलाई उप्रति दया जागिरहेको थियो । "बिगतका कुरा बिर्सिदिनु जे भयो ,भैगयो ,आफु आत्मविश्वासी भएर जीवनमा धेरै प्रगति गर्नु। शुभकामना ,।यति भनेर फोन कट गरे र बिस्तारामा पल्टिदै लामो सास फेरे सोचिरहे "पृथ्वी साच्चिकै गोलो रहेछ "।
विर्सन लाख खोजें तर आंखा मै वस्यौ तिमी
मरुभूमिमा पुगि हेरे प्यास तिर्खामै बस्यौ तिमी 
कसरी टाढा भागौं यादबाट उपाय खोज्दै 
निर्झर जङ्गल पसे वन पाखामै बस्यौ तिमी !!!!

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...