चाहाना एउटै ,रुचि एउटै ,हरेक बिषयबस्तुप्रतिको धारणा एउटै।एउटालाई मन नपरेको कुरा अर्कोलाई पनि मन नपर्ने,खै कुन अदृश्य शक्ति बातावरणको माध्यम द्वारा हामी दुई भित्र घुलिरहेको छ,हामी अन्जान थियौ।तर हामी एक स्वर्णिम युग बाचिरहेका थियौ।सयौ शताब्दी अगाडी को परिकल्पित लोककथामा सुनिने सुन्दर शान्त मनमोहक लोक भित्र हामी दुई प्रेमिल पंक्षि निर्धक्क भएर उडिरहेका थियौ।सम्बन्धमा रहेको चार बर्ष यस्तो लाग्थ्यो पौने सेकेन्ड मै कटिसकेछ।उ कम बोल्थी ।जुन दिन उ साबिक भन्दा धेरै बेर बोलिरहेकी हुन्थी या त मलाई फोहोरी भनेर गाली गरिरहेकि हुन्थी या त भविश्य प्रती चिन्तित देखिएकी हुन्थी।महिना दिन सम्म पनि ननुहाउने कस्तो फोहोरी,उसको कुरा सुनिसकेपछी बल्ल मलाई आफ्नो शरीर गनाएर मतमताएझै हुन्थ्यो।म फिस्स हासिदिन्थे।नुहाउने कुराना म अल्छी नै थिए।सानो 10×12 को साघुरो कोठा भाडामा बसेको थिए म,तातो पानी शरीरमा पर्ने बित्तिकै एलर्जी हुन थाल्थ्यो।चिसो पानी सङ्ग पहिल्यै डराएर भागौ झै लाग्थ्यो।"यसरी लेख्न सक्ने मान्छे नुहाए पो सफा दिमागमा अझ राम्रो कुरा लेख्न सकिन्छ त बुद्दु,उ हपारिरहन्थी ।म उसको कुरा यसरी आलटाल गरिदिन्थे,जसरी सानामा आमाले नुहाउन आईजा भनेर भन्दा होमवर्क धेरै भएको बाहाना गरेर किताब पल्टाउन सुरु गरेको हुन्थे।
भविष्य प्रती उ धेरै चिन्तित हुन्थी।म एक्लो छोरी बाबा ममीको धेरै सपना पूरा गर्नुछ।घर पनि लोनमा छ,ममी सधै बिमार पर्नुहुन्छ,बाबाको एक्लो मिहेनतले के सफलता पाउला र ,भविष्य प्रती उसको यतिधेरै चिन्तन देखेर म उसलाई सम्झाउने कोसिस गर्थे तर उ मभित्र नै भविष्य को संघर्षको बिशाल फाट तयार गरिदिन्थी ।बर्तमा
लनको आनन्दमा सयर गर्ने म उसको सङ्गतले अलिअली म सोच्ने भएको थिए।प्रायजसो हरेक महिना उ मेरो लागि एउटा नया किताब उपहार स्वरुप ल्याईदिन्थी।किताब पाएको दिन रातदिन नभनि म पुरै किताब सिध्धाउथे।शनिबारको दिन बाहिर घुम्न जादा हामी प्राय शान्त ठाँउमा बस्न रुचाउथ्यौ।उसलाई भिडभाड कोलाहाल एक रत्ती मन पर्दैनथ्यो।उ आफ्नै स्वभाव अनुरुपको रोजाई गर्थी।
लनको आनन्दमा सयर गर्ने म उसको सङ्गतले अलिअली म सोच्ने भएको थिए।प्रायजसो हरेक महिना उ मेरो लागि एउटा नया किताब उपहार स्वरुप ल्याईदिन्थी।किताब पाएको दिन रातदिन नभनि म पुरै किताब सिध्धाउथे।शनिबारको दिन बाहिर घुम्न जादा हामी प्राय शान्त ठाँउमा बस्न रुचाउथ्यौ।उसलाई भिडभाड कोलाहाल एक रत्ती मन पर्दैनथ्यो।उ आफ्नै स्वभाव अनुरुपको रोजाई गर्थी।
एक शनिबार बिहानै उसको फोन आयो।स्वयम्भू भेट्ने ल,यतै आउनु म ठुलोममीको मा छु,पुसको महिना उग्र ठन्डिमा एकबिहानै उठ्न शरीरले मानिरहेको थिएन तर घचेटेर प्रेमले उठायो।म एकजोर चप्पल उनेर स्वयम्भू तिर लागे।उ पहिल्यै त्यहा आएर बसिसकेकि थिई।उसलाई देखेर लुरुलुरु म त्यतै तिर लागे।यति बिहानै मर्निङ किस को लागि बोलाएको म जिस्किए।बि सिरियस,उसको अनुहारमा एक प्रकारको उदासी मडारीरहेको थियो।तिमिसङ्ग आज एउटा कुरा गर्नुछ।के कुरा ,बिहेको कुरा हो,मैले उसको अनुहारको उदासी हटाउने प्रयास गरिरहेको थिए।"बाबाले पढ्नको लागि बिदेश जा भनेर भन्नुभयो,बाबाको साथीको म्यानपावर कम्पनी छ रे,सबै ब्यबस्था मिलाईदिन्छु भनेको छ भन्नुहुन्थ्यो,म उता गए घरमा बाबालाई पनि सहयोग हुन्छ,अब त मैले पनि बुझिदिनु पर्यो",उ मलिनो स्वरमा बोलिरहेकी थिई।तर उसको यति मलिनो स्वरले मेरो मनमा भुईचाल उत्पन्न गराईदिएको थियो।कहिले नसोचेको कुरा आज उसैको मुखबाट सुन्नुपर्दा म प्रताडित बनेको थिए।उसको मनले मसङ्ग सल्लाह हैन ,आफुले गरेको निर्णय को जवाफ सुनाईरहेको थियो।उसको निर्णय उसको आफ्नो मात्र थिएन।उसको निर्णय मा उसको घरको खुसी पनि जोडिएको थियो।राम्रो सङ्ग आफ्नो केयर गर्नु म उतै बस्न जाने हैन ,केही बर्षमै फर्किनेछु,हाम्रो सम्बन्ध कहिल्यै टुट्ने छैन।नरमाईलो महसुस भैइरहेको थियो।साथसाथ बिताएका चार बर्ष बल्ल एक एक गर्दै आँखा वरिपरि डुलिरहेका थिए।यस्तो लाग्दै थियो,समय ले खुसीका चार बर्षको ब्याज असुली गर्न खोज्दैछ मसङ्ग।उसको अनुहारमा उदासीपन देखिए पनि मनभित्र केही गर्ने दृढ सन्कल्प छ झै लागिरहेको थियो।
त्यो दिनको लगभग दुई महिना पछि उसको भिसा लाग्यो।अष्ट्रेलिया ,मेलवर्न सहर,बिदाईको दिन उसको अनुहार पुरै अधेरो देखिएको थियो।उसको आजको अधेरो अनुहार ले मेरो आउने दिन उराठ मरुभुमी बन्नेछ्न भनेर अनुमान गर्नु अनुचित थिएन।बस्नु राम्रो सङ्ग ,आफ्नो केयर गर्नु,यति मात्र बोलेर उ चुप बसिरही।अनि नुहाउनु भन्दिनौ।वाक्य फुट्ने बित्तिकै उ अङ्गालो मारेर सुक्क सुक्क गरिरही।उसङ्ग प्राप्त मूल्यवान सिमित समय थियो मसङ्ग ,कति बात गर्न मन थियो।तर समय नै कहाँ थियो र,कसेर अङ्गालो मा बेरिरहे।केही छिन मै उ म बाट बिदा मागेर सुक्क सुक्क गर्दै घरतिर लागि।मैले आफ्नो खुसीलाई आफ्नो प्रेरणालाई बिदाई गरेको थिए।मन नरोईकन बस्न किन मान्थ्यो र ।म चुपचाप कोठामा बसेर रोईरहे।
उ मेलवर्न गएपनि हाम्रो कुराकानी भईरहन्थ्यो।उ आफ्नो सुरुवाती दिनहरुको दिनचर्या सुनाउथी।प्रायजसो आधा रातमा उसङ्ग बोल्न कै लागि म दिउँसो सुतेर उठ्ने गर्थे।दिन हप्ता गरेर महिनौ बितिसकेको थियो।उ कैलेकाही आक्कल झुक्कल हासेर बोल्थी।बोलेर कहिले नसक्कियोस जस्तो लाग्थ्यो।भोलि बिहानै जब छ म जान्छु,उ फोन राखेको आधा घन्टा पछि म स्काईप बन्द गर्थे,अनि एक्लै टोलाईरहन्थे।एक बर्ष लगभग दुईदिनमा एकचोटी कुराकानी हुन्थ्यो।म पनि फुर्सदमा कबिता लेख्न थालेको छु ,सुन्छौ,सुनाउनन म दङ्ग परेर आग्रह गर्थे।
जिवनको सार आखिर यस्तै नै रहेछ
अभागी निधार आखिर यस्तै नै रहेछ
महङ्गो सपना बिपनी किन्नै सक्दैन
खेलौना संसार आखिर यस्तै नै रहेछ
जिवनको सार आखिर यस्तै नै रहेछ
अभागी निधार आखिर यस्तै नै रहेछ
महङ्गो सपना बिपनी किन्नै सक्दैन
खेलौना संसार आखिर यस्तै नै रहेछ
उ मुक्तक भन्दा भन्दै भावुक हुन्थी।मैले सम्झाउने कोसिस गर्थे।उसले मेरो आफ्नो बैंक एकाउन्ट नम्बर मागेकि थिई।सुरुदेखी नै उ महिनामा दस पन्ध्र हजार एकाउन्ट मा हालिरहेकि हुन्थी।चाहियो भने खर्च गर्नु,नुहाउने साबुन किन्नु है,उ जिस्किन्थी।मलाई उ साथमा नभएपछी त्यो पैसाको कुनै मुल्री थिएन।म बेबारिसे भएको थिए।पढाई निरासजनक अवस्थामा पुगेको थियो।नेपाल आउने दिन नजिकिदै थियो।मेरो मन नजानिदो पाराले खुसी हुँदै गईरहेको थियो।एक रात म्यासेज आयो।अनलाईन आउनु,मलाई डर लाग्यो।यसरी नै उसले बोलाएको दिन मैले आफ्नो खुसी गुमाउनु परेको थियो।हतार हतार अनलाईन गए ।के भयो??,म डराउदै सोधे।बाबाले मेरो बिहेको बारेमा कुरा गर्नुभएको थियो ,आमा बिमार हुँदै जानुभएको छ भन्नुहुन्थ्यो,आमाको ईच्छा मेरो बिहे हेने छ रे ,म अवाक भए,जमिन फाटेर गाडिएझै भयो।म शब्दबिहिन भए।दुखी अनुहार लिएर कम्प्युटर अगाडी बसिरहे।मेरो बारेमा भनिनौ।मलिनो।मुहार लिएर बाक्य फुटाए ।भनेको ,बाबा मान्नुहुन्न ,एक्लि छोरी होस आफ्नै लेभलको हेर्नुपर्छ,पढाईमा पनि राम्रो रहेनछ,गाउको केटा ,हामीलाई गार्हो पर्छ भन्नुभयो।पहिलो चोटि उसको बोली शुल बनेर मुटुमा रोपियो।उसले अपमान गरेझै महसुस भयो।मुटु फुट्ला झै धड्कन छिटो छिटो उफ्रिन थाल्यो।म हिजो जति माया गर्थे आज पनि उत्तिनै गर्छु,म तिमिलाई आफ्नो बनाउन चाहान्छु।अपमान भएको जानीजानी मैले उसङ्ग प्रेम भिख मागिरहेको थिए।मैले पनि माया गर्छु तर मेरो बिरामी ममीको लागि म कसरी घात गर्न सक्छु।भगवानसङ्ग यहि प्राथना गर्छु कि अर्को पल्ट एक्लो सन्तान बनाएर नजन्माईदियोस भगवानले ,अब थाहा भयो जीवन कम्परर्माईज नै रहेछ हरेक कुरामा,आफ्नो ख्याल गर्नु ,म अझै तिमिसङ्ग बोलिरहे भने आफू सुसाईड गरेर मर्छु होला,बाई।उसले फोनमात्रै काटेकि थिईन ।हामो सम्बन्धको डोरी काटिदिएकी थिई।मैले जता पाईला चाल्थे त्यत्स्स भिर छ झै लाग्थ्यो।मुटु सिरिङ्ग हुन्थ्यो ।उसले लिएको निर्णय ले उसको जन्मदाताको अनुहार खुसी थियो सायद तर त्यही जन्मदाताले जन्माएको एउटा सजीब निर्जिब झै बनेको थियो।
आज उसको बिहे भईसकेको छ।दुबैजना पिआर होल्डर भएर उतै बसेका छ्न।जबजब फेसबुकमा उ नया फोटो हाल्छे,पुरानो यादले मुटु चसक्क हुन्छ।आजपनी भुले भनेर झुटो बोलिरहने मनले उसलाई सम्झिरहन्छ।जब जब नुहाउन जान्छु,फोहोरी भनेको याद आउँछ।उसके बैंकमा हालिदिएको केहि रकम झिकेको छु,नुहाउनु नि ,उस्ले भनेअनुरुप उसैको पैसाले नुहाउने साबुन किनेर नुहाउन थाल्छु।शरीरको मयल त हटेर गयो ,उसङ्ग बिताएका ती यादहरु कहिल्यै पखालिएर जान सकेनन।
No comments:
Post a Comment