प्यारी आमा,
आमा मलाई थाहा छ,तिमिलाई यो चिठि पढ्न धौ धौ पर्नेछ।जुन दिन देखि तिम्रो चस्माको पावर सकिएको छ,बर्णमालाको क ख ग घ पढ्न पनि तिमिलाई निकै मिहेनत गर्नुपरेको छ।सानामा मैले भनेको थिए है आमा,म ठुलो भएपछी तिमिलाई कहिल्यै दुख दिनेछैन भनेर।आमा,आज फेरि एकपटक आफ्नो वचन फिर्ता लिएको छु र तिम्रो लागि यो पत्र कोरेको छु
आमा मलाई थाहा छ,तिमिलाई यो चिठि पढ्न धौ धौ पर्नेछ।जुन दिन देखि तिम्रो चस्माको पावर सकिएको छ,बर्णमालाको क ख ग घ पढ्न पनि तिमिलाई निकै मिहेनत गर्नुपरेको छ।सानामा मैले भनेको थिए है आमा,म ठुलो भएपछी तिमिलाई कहिल्यै दुख दिनेछैन भनेर।आमा,आज फेरि एकपटक आफ्नो वचन फिर्ता लिएको छु र तिम्रो लागि यो पत्र कोरेको छु
आमा मलाई जुन प्रसब पिडा सहेर जन्म दियौ ,त्यसको लागि खाली म आभार मात्र रहन सक्छु।आमा जुन कटेरोमा हात समाएर मलाई हिड्न उफ्रिन सिकाएकी थियौ ,सम्झिदा मन भावुक बनेर आईदिन्छ।तिमिले एकबिहानै पुजा गर्ने तुलसीको मठ्ठोमा मैले पिसाब फेरिदिदा तिमिले डराएको अनुहार लिएर मठ्ठो पखाल्दै शिव शिव भनेको आजसम्म याद छ।मलाई माफ गरिदिनुस आमा ,म सानो थिए।तिमिबाहेक पनि अर्को कुनै भगवानको यो दुनियामा अस्तित्व छ भन्ने मलाई थाहा थिएन।आमा सायद तिमिलाई थाहा छैन होला,तिमी मुढामा चढेर शिवढुङ्गाको पुजा गर्दै गर्दा मुढा समाउने बाहानामा म तिम्रो खुट्टा समाउदै दिर्घायुको कामना गर्थे।म तिमिलाई मनमन खुब प्रेम गर्थे आमा।कक्षा तीनमा नेपाली किताबको कथा पढेर मान्छे मर्नपर्छ भन्ने थाहा हुदा मैले त्यो बेलुका एक गाँस पनि खाना खाएको थिईन।मलाई याद छ आमा तिमिले बिसन्चो भाको हो भन्दै निधार छामेकी थियौ,तर आमा बिसन्चो मनभित्र थियो।मलाई तिमि पनि मर्नुपर्छ भन्ने पिर थियो।आफू एक्लै हुनेहोकी भन्ने चिन्ता थियो।आमा तिमिले पनि त मलाई खुब माया गर्थ्यौ नि है।सपनामा तर्सिएर ओछ्यानमा पिसाब फेरिदिदा मेरो चिसो डसना आफुले ओछ्याएर आफ्नो डसना मलाई ओछ्याउदा मैले सोधेको थिए नि"आमा तिमिलाई चिसो हुदैन र ??"।"मैले पटुकी बाधेको छु बाबू ,चिसो हुदैन ,सुत",तिमिले मलाई कति मजाले फकाएर सुताउन खोजेकी थियौ।आमा त्यो रातभर पनि म चिसोले कापेका तिम्रा खुट्टा हेर्दै रुन्चे बनिरहेको थिए।हो आमा तिमी नसुतेको रात म कहाँ निदाउन सक्थे र??।आमा सन्तान भरिमा सबैभन्दा दुख दिने पनि म नै त थिए नि ,स्कुल पढ्न जानको अल्छीले काखीमा प्याज आएर ज्वोरो आएको नाटक गर्दा हस्पिटल पुराउदा पुराउदै कति स्वा स्वा भएको थियो,मैले तिम्रो छाती छामेर महसुस गरेको थिए।आमा माफ गर्नु मैले तिमिलाई दुख दिन चाहेको थिईन।तिमिले पनि त कहिल्यै मलाई दुख भयो भएर गुनासो गरिनौ।आमा मैले अन्जानमा दिएको दुखमा झुक्केर पनि चित्त नदुखाउनु है।
आमा तिमिले के बन्छस बाबू भनेर सोध्दा म कलाकार बन्छु आमा भन्दा बाले छोरा गाईने दाई हुने भो भनेर मुसुमुसु हासेको अझै सम्झन्छु।आमा तिम्रो नजरमा म सधै सानो भएपनी दुनियाको नजरमा धेरै ठुलो बनीसकेको छु।आमा सायद म ठुलै भएर त होला तिम्रो काखमा बचपना छोडेर सहर आएको ।आमा यहाँ कुनै रौनक छैन।कुनै खुसी छैन।जुन भोक तिम्रो पटुकिको पत्र उघारिदा अघाउथ्यो,त्यो भोक अचेल कसै गरेपनी अघाउदैन।
आमा तिमी बुढी भईसक्यौ।दुख नगर भन्न त मन छ,बाझो खेत आफै मलजोत हुदैन ,मान्छे लगाउनु भनेर भन्नपनि आफुले कमाउन सकेको छैन।आमा तिमीलाई दुलहीजस्तै सजाउन मन थियो,तर आजसम्म पूरा हुन सकेको छैन।दुनियाको अगाडी मेरो छोरा ले नाम दाम कमाउछ भनेको सुन्दा खुसी लाग्छ,तर तिमिलाई दुख भएको देख्दा मन बिरक्तिएर आउँछ।आमा आज तिम्रो मुहारमा खुसी ल्याउन नसकेपनी एकदिन उज्यालो बिहानी जरुर आउनेछ।आमा तिमिलाई हसाउने ठुलो रहर छ।हास्न लाज नमान्नु है त्यो दिन।बा लाई पनि सम्झना सुनाईदिनु है आमा।तिमिलाई आमाऔसीमा केही पठाउन नसकेपनी छोराको मन पत्रमा राखेर पठाईदिएको छु।पढेर चिठि जतनसाथ राख्नु है
तिमिलाई माया गर्ने छोरा❤❤❤❤❤
तिमिलाई माया गर्ने छोरा❤❤❤❤❤

No comments:
Post a Comment