Get Bitcoins

अकविता

म तिमीले सोधेको प्रश्नमा नभेटिन पनि सक्छु
म तिमीले खोजेको जवाफमा नअटाउन पनि सक्छु
प्रश्नहरुमा स्वार्थ हुनसक्छ, कठोरता हुनसक्छ 
जवाफमा छल हुनसक्छ ,अहमता हुनसक्छ
प्रश्नहरु त यो मानबिय संसारमा थुप्रै छन
चुडिनलाई फुलहरु किन रंगीन फुल्छन ?
किन झुपडीको छानो उडाउने बतास ईजलाशमा उभिदैन ?
किन आउछु भनेर पर्खाउनेहरु यात्रामै हराउछ्न ?
किन बिज्ञान मान्नेहरुले पनि चन्द्रमामा दाग देख्छन ?
किन माटो पढाउने किसानलाई शिक्षक मानिदैन ?
प्रश्नहरु मानबिय हुन्छन
हामी ईश्वरिय अनुभुतिमा बाच्नुछ
त्यसैले प्रिय
सारा संसार भुलेर मेरो अँगालोमा आउ
यो अँगालोमा तिमीले स्वर्गीय स्वप्न देख्ने छौ ,ईश्वरीय स्पर्श भेट्नेछौ

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...