Get Bitcoins

Showing posts with label best lines. Show all posts
Showing posts with label best lines. Show all posts

Best Hearting Touching Lines on Mother's Day

आमाको मुख हेर्नू पर्छ रे आज बिहान देखि हेर्या हेरै छु ।
Happy mother's day
आज फेसबुकमा देखिएका आमाहरू भोलि बृद्धआश्रममा देखिन नपरोस्

सपनाहरु बिपना हुन्छन् तिमी भए आमा
दुखहरु हराइ जान्छन तिमी भए आमा
संसारका सारा खुशी एकातिर राखी
तिम्रै खुशी माग्छु आमा देवी देउता भाकी ।।।

I Work Hard,
- Not for Money
- Not for a Girl
- Not for Myself..
But for that smile On my Mother's Face

आमा

आमा शब्द जो कसैको मुख बाट उच्चारण हुदा पनी कती सरल संगै कती ममतामयी सुनीन्छ
मानव मानवको मात्र नभई हरेक प्राणीलाई जन्मदिने महाप्राणी हुन् आमा
आमा शब्द उच्चारण नहुने मात्र हो भने यो धर्तीमा सबै माया ममता र स्नेहको खानी थुनिन्छ
आमा शब्द आफैमा कुनै पनी मिठाई भन्दा पनी लाखौ करौडौ गुणा मिठो छ
यो मिठाई भन्दा त अती नै मिठो आमाले ल खाई को खाई गर्दै खुवाउने लिटो छ...
म जानी नजानी लड्दै गर्दा मेरो निधारमा उठेका ती टुटीला, डाक्टरको औषधीले भन्दा आमाले चपाई दिएर लगाइ दिएको चिउराले ठिक हुन्छ
मेरो आखा कहिले कतै धुला र कसिगंर परेर पोल्दा,भाईलाई खुवाई रहेको दुधका थोपाले ठिक हुन्छ
आमा को वर्णन म यि शब्दहरुले मात्रै गर्न सक्दिन या भनौ कुनै कुराले पनी गर्न सक्दिन
यि शब्दहरु यि लेखहरु सबै आमाकै देन हो,आमा कती महान् छिन् आफैमा, म भन्नै सक्दिन।
माया ममता स्नेहका खानी सम्पुर्ण आमाहरुलाई आमाको मुख हेर्ने दिनको अग्रिम शुभकामना।
Happy Mother's Day

जिन्दगिकाे यात्रामा कयौं साथी भेटिए
तर अामा नै हुन मेरा लागि असल साथी
जाे सगँ खेल्दा खेल्दै मेराे बाल्यकाल बित्यो
जस्ले मेराे हरेक दु खमा साथ दिईन 
जस्लाई मात्र म अाखा चिम्लेर बिश्वास गर्न सक्छु
" हजारौ दुख भएर पनि म खुशिले फेरि फुल्ने गर्छु ,
जब हाँस्छिन मेरी आमा , तब हरेक दर्द भुल्ने गर्छु ।

आमा को "मुख" हेर्ने दिन बर्षमा १ पटक आए पनि
आमा को "सुख" हेर्न दिन बर्सैभरी आइरहोस;!!
संसार का सबै अामाहरुलाई माता तिर्थ औशी को धेरै धेरै शुभकामना
Happy Mother's Day!!!



ममता

म १ बर्षको हुँदा नै आमा बित्नु भयो !मैले दूध चुस्ने बेलामा नै आमा टाढा हुनु भएछ !
अँह मैले कहिल्यै थाहा पाइन आमाको ममता कस्तो हुन्छ , आमाको प्रेम कस्तो हुन्छ ,आमाले गर्ने ख्याल कस्तो हुन्छ !
घरमा बुबा म र दाइ मात्र थियौँ !
तर बुबाले आमाको कमि कहिल्यै महसुस हुन दिनु भएन ! आमाले गर्ने झैँ माया दिनु भयो ,आमाले गर्ने झैँ ख्याल गर्नुभयो , आमाले झैं बिश्वास गर्नु भयो !

तर जति गरे नि आमाको कमि कहिल्यै पूरा भएन !याद आइरह्यो 
जब आमाको मुख हेर्ने दिन आउँथ्यो ,सानै छँदा साथिहरु ,"म त आमालाई फुल बनाएर दिन्छु, मिठाई दिन्छ, यो दिने त्यो दिने !" रहर त मलाई नि लाग्थ्यो नि !
अनि घर गएर म प्रश्न गर्ने गर्थेँ "बाबा !बाबा ! हाम्रो आमा खोइ ?"
बाबाको अनुहार जहिल्यै मलिन हुन्थ्यो यो प्रश्नले ! तहि पनि सधैं एउटै उत्तर दिनु हुन्थ्यो ," तिम्री आमा भगवानको मा गएकी छिन!" 
म प्रतिप्रश्न गरिहाल्थेँ " बाबा सरलेअत हामीलाई भन्ने गर्नु हुन्छ भगवान भनेका नै आमाबुबा हुन ! अनि आमाको भवगान चाहिँ को ?"
बाबा बोल्नै सक्नु हुँदैन्थ्यो ! मलाई अङ्गालेर रुनुहुन्थ्यो !
जब दशैँ नजिकिँदै जान्थ्यो ;साथिहरु भन्ने गर्थे " यो पाली त ममिसँगै मामाघर जाने ! यति धेरै पैसा कमाउने ! "
मन भक्कानिएर आउँथ्यो ! 
कास ! आमा भएकी भए म पनि मामाघर सँगै जान्थेँ आमाको हात समाएर ! आमाले किनिदिएको नयाँ नाना लगाएर म पनि आमाको हातको आशिक थाप्थेँ !
समय बित्यो म ठूलो भएँ !
दुखी सुखी जे हुँ, सफलता हात पार्दा सबभन्दा पहिला आमा नै याद आउँछिन !

हिजोआज सुन्छु,देख्छु बृद्धआश्रमहरुमा आमाहरुलाइ बिचल्ली छोडेका छोरा/छोरिहरुले !
कास ! कास ! सबै छोराछोरीहरुले आमाबुबाले झैँ माया गर्थे आफ्ना आमाबुबालाइ !
भनिन्छ नि सबै कुरा दोर्याएर मिल्न सक्ला आमाबुबा सक्दैनन्

आमा

जिद्धीका यात्रा मेरो, संघर्षका यात्रा तिम्रो
हाँसो खोज्ने चाहना मेरो, आँशु लुकाउने बहाना तिम्रो
घुम्न खोज्ने मन मेरो, हात समाई डुलाउने प्रेम तिम्रो

भोकमा रोइदिने काम मेरो, आफुले नखाई पनि मेरो पेट भर्दिने महानता तिम्रो

अन्ध्यारोमा डराइ तर्सने मन मेरो,जिन्दगी नै उज्यालो बनाइदिने हाँसो तिम्रो
एक्लोपनामा चिच्याउने चिच्याहट मेरो, न्यानो काखको साहरा दिने जिवनता तिम्रो
बिमार हुँदा छट्पटने कायरता मेरो, मेरो घाउ देखि धेरै पिडा बोक्ने ह्रृदय तिम्रो
निस्फिक्री जता पनि लडिदिने बानी मेरो, प्रत्येक पटक म लड्दा उठाउने तागत तिम्रो 

हार खाएर भाग्न खोज्ने लाछिपन मेरो, हरेक युद्ध जित्न सिकाउने शिक्षा तिम्रो
ढिटपना देखाएर सासै रोक्दिन्छु झै गर्ने मुर्खता मेरो, आफु मरेरै नि मलाई जिउँदो राख्ने हे आमा तिमी भग्वान मेरो
हे आमा , भगवान देखें मैले , त्यस्को रुप त दुरुस्तै तिमी जस्तो रैछ 
बोलेँ अनि भगवानसँग , थाहा पाएँ, ऊ त तिम्रै स्वरुप पो रैछ्

तोते बोली फेरियो आमा, तर तिमी सँग म तोते नै बोल्छु है
हे आमा जिउ ठुलो भयो , तर तिम्रो काखमा फेरि सुत्छु है
हे आमा मैले कति जान-अञानम रुवाएँ होला तिमीलाई, बिन्ती माफ गर्देउ है
"बाबु , छोरा" भन्दछौ तिमी जब, म स्वर्ग पुग्छु, सधै हासेर येसरी बोलाई राख है
तिमीले देखेका हरेक सपना पुरा गर्नेछु, यो हो मेरो प्रण 
मेरो यो शिर भारी भयो, हलुका बनाउन राख्दैछु, देऊ तिम्रा पाउचरण

💕💕

😍
💞

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...