Get Bitcoins

ए पराइ मान्छे

घन्टाघरको बाटो हिडिरहदा डल्ली फोन गर्ने गर्थी, कता छौ म प्रश्न गर्थेँ। ऊ रिसाउदै बोल्दिन हजुर सँग भन्ने गर्थी। नबोले नि हासिराख न म जिस्काउदै गित गाए झैँ गर्थेँ। उनी झर्केर फोन मै भन्ने गर्थी, छैन पैसा ल राख्देको। हास्न नि पैसा पर्छ है अचेल,म फिस्स हासिदिन्थेँ। त्यसैले धेरै भयो न मैले हाँसो किन्न सकेछु न आँसु सँग साट्न सकेको छु। ऊ मेरो मनमा छुरा गोपिदिन्थी, देख्दा देख्दैको आँखा कालै बनाएर छोपीदिन्थी। पछाडीबाट झ्याम्म अङ्गालो मार्थी, मेरो मुटुलाइ कहिले यता कहिले उ उता तिर सार्थी, कहिले धेरै बोलेर वाक्क पार्थी कहिले बोल्दै नबोली आँसु झार्थी।
अचेल यो बाटोहरु सुनसान छ्न्, त्यो क्याफेको चियामा स्वाद पाइन्न अचेल, उनका मुस्कानहरु पाइन्न अचेल। बस यादहरु कुदिरहन्छ्न्, चुरोटहरु धुवाँ उडाउछ्न् चित्र उनी बनिदिन्छिन्। लुम्बिनीको समोसा डल्लिलाइ खुब मन पर्ने, अचेल समोसा भरी आलु होइन उनकै यादहरु अटसमटस भरिएर आउने गर्छ्न्, रातो टमाटो सस: मा उनकै ओठहरु भरिएर बसेको देख्ने गर्छु। मेरो हरेक पाइलामा उनकै पाइलाहरु खप्टेको देख्ने गर्छु। क्रिम दुनोट खाँदा उसको ओठमा लागेका क्रिम मेरो उजाड दारीमा लपक्कै लगाइदिएको सम्झिएर खाँदा खादैको चिया प्राय आधा नै छोडेर हिड्ने गरेको छु। निलै फुलेको त्रिचन्द्रमा टाढैबाट औँलाले देखाउने गर्थी, मलाइ त्यो माथी बसेर हजुरसँगै सेल्फी लिन मन छ। सपना सपनै भयो, न सेल्फी लिने आँट उनले गरिन्, न मैले नै। जब फुल झर्दै गयो, माया, सपना सबै ओइलाउदै गयो। 
यो माया नै अचम्मको छ। कहिले फुल्छ कहिले वैलाउछ, शिरिषको फुल जस्तै न फुल्नुको अर्थ छ न झर्नुको। कलेज बाट फर्किदै गर्दा ठूलो शिरिषको रुख झ्याम्म ओडेर बसेको रत्नपार्क अहिले खासै सुन्दर देखिन्न अचेल। एक्दिन उनले टिकट काउण्टर नजिकै उफ्रिदै त्यो निलो फुल टिपेकि थिइन्। उनको टिसर्ट उचालिएर नाइटो देखिँदा सबैले आँखा नचाइरहेका थिए। मेरा औँलाहरुले उनको पेट छोपिदिदा दुनिया डाहा, आहा दुवै गर्दै गरेको मैले देख्दै थिएँ। सायद त्यही देखि सबै निलो फुल झरेका रहेछ्न, म भित्रको पागल बहुलाइ रहेछ। उनले टिपे देखि म उजाड हुँदै छु, त्यो फुल किन नहोस्।
गल्लिहरुमा गीतहरु गुन्जीरहन्छ्न्, 'सान्सरी माया बिचित्र...।" साँच्चै विचित्र नै रहेछ। एक प्रेमिल जोडी जोडीदै पार्कमा छिर्दै गए, अर्को प्रेमिल जोडी चिडिदै गित गाइरहेका छ्न्। कसैले कसैको पैसा उडाउदै छ कसैले कसै सँग पैसा उठाउदै छ। एउटा खुट्टा बिनाको भाइ चित्र कोर्दै बेचिरहेछ, अनि केही दिदिहरु छाता ओडेर घाम चर्को नभनी प्यास बेचिरहनु भएछ। यी सवै माया न त हुन्। अलि पर ६५० ले जुत्तालाइ माया गरिरहेछ, अनि जुत्ताले ६५० लाई। अनि मेरो १० रुप्पेलाइ त्यो निलो माइक्रो लब गरिरहेछ, म हेरिरहेछु। आखिर मायामा पैसाको खुब चल्ती हुँदो रहेछ। हुन पनि त उनले कति सजिलै भनेर गएकि थिइन्, हजुरसँग जब छैन, लब मात्रैले मलाइ पुग्दैन। उसले मेरो आत्मा सम्मानमा बन्चरो मारेर गएकी थिइ। 
पानी झम्किरहन्छ म अलि पर सम्म लम्कीरहन्छु। सडकमा परेका डोबिल्का भरी पानी भरिएका देख्छु, जसरी मेरो आँखामा भरिने गर्छ, डोबिल्कामा उनकै छाँया नाचिरहेको देख्छु, जसरी उनी मेरो आँखामा नाच्ने गर्छिन्। कोही किन यो वर्षा जस्तै हलुका खस्न सक्दैन म सोचिरहन्छु।
जति दुखे नि सहन पर्ने, जति सहे नि दुखिरहने घाउ म बोकीरहेछु। मलाइ यी गल्लिहरु दुखाइ रहन्छ्न्, तर पनी खुब मन पर्छन्। आखिर बानी परेको कुरा नै होला मन पर्ने, जसरी हिजो म तिम्रो आदत थिएँ, अनि तिमी मलाइ खुब मन पराउथेउ। एकैछिनमा एउटा निलो माइक्रोले मेरो id card लाई प्रपोज गर्छ, उसले एसेप्ट गर्छ म रुम प्रस्थान गर्छु।
सोचिरहन्छु खै उनिलाइ कस्को बानी पर्यो तर मलाइ त तिम्रै पाइलामा पाइला खप्टाएर हिड्न बानी अझै मेटिएको छैन, ए पराइ मान्छे।

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...