Get Bitcoins

तिम्रो बहिनी

तिम्रो बहिनी,
बहिनी हुँदा..अरुको
बहिनी माल कसरी हुन्छ ??
तिमी त स्वार्थी मान्छे,
तिम्लाइ बाल कसरी हुन्छ ??
तिम्रो बैनी जस्तै उमेरमा,
हजार रहर मासेर,
मनमा अनेक दुख अनि
ओठमा फिस्स हाँसेर
भोक र प्यास नभनी
सास फेर्न फुर्सद नलिइ,
यो हावालाइ दुख दिएर
कमाएको पैसा लिएर
पोहोर
मात्रै दँशैमा किनेको
मेरो चुज प्यान्ट र टिसर्टमा
तिमी मलाइ प्वाँट देख्छौ
हट देख्छौ,
भने तिम्रो आफ्नै बा ले
पठाएको पैसाले तिम्री बैनीलाइ
उसको बोइफ्रेन्डले किन्देको
कट्टुमा तिमी कस्तो देख्छौ ??
अरे तिमी भगवान्,
तिम्रा नजर भगवान,
तिम्ले काल कसरी देख्छौ ??
तिम्रो बैनी
बहिनी हुदाँ...अरुको
बहिनी माल कसरी देख्छौ ??
म हरेक साँझ
तरकारी किन्न जाँदा,
होस या कामबाट फर्कदाँ,
तिम्रा कहिले नफुट्ने
गिद्दे नजरले मलाइ हेरिरहँदा,
म भित्र डर हुन्छ
तिमी भित्र के हुन्छ ??
अनि तिम्रो बहिनी भित्र ??
ए पुरुष,
यो पृथ्वी हो,
गोलो छ तिमिलाइ थाहा छ,
कतै तिमी मलाइ हेरिरहदा
अनि तिम्रो बहिनी
पसल गैइरहदा
कसैले छ्ड्के नजर लगाएको छैन ??
आफ्नो आङ नि हेर्ने गर,
नत्र जाल कसरी देख्छौ ??
तिम्रो बहिनी,
बहिनी हुँदा...अरुको
बहिनी माल कसरी देख्छौ ??
नारी देवी पुज्ने गर,
उसका भावना पनि त
बुझ्ने गर,
नत्र
भोलि अर्की नारी बलत्कृत हुन्छे,
अलपत्र,
पत्रिका लेख्छ,दुनिया देख्छ...
भन्न सकिन्न,
भोली तिम्रै बैनी
रेप होली,
पत्रिका लेखिरहन्छ, दुनिया देखिरहन्छ,
अनि त्यति खेर,
आफ्नै हाल कसरी देख्छौ ??
तिम्री बहिनी,
बहिनी हुँदा...अरुको
बहिनी माल कसरी देख्छौ ??
कुनै कुनै सम्बन्ध जुत्ताजस्ता हुन्छन् । जसले शिशाहरुबाट जोगाउँछन् । काँडाहरुबाट जोगाउँछन्
कुनै कुनै सम्बन्ध नङजस्ता हुन्छन् । जो पलाइरहन्छन्, काटिरहनुपर्छ । फोहोरहरु जमिरहन्छन्, सफा गरिरहनुपर्छ
कुनै कुनै सम्बन्ध जिब्रोजस्ता हुन्छन् । जसलाई बेलाबेलामा स्वाद फेरिरहनुपर्छ



कुनै कुनै सम्बन्ध लुगाजस्ता हुन्छन् । जसले इज्जत बचाइरहन्छन् । तर समयक्रममा फाट्छन्, प्वाल पर्छन् र नयाँ फेर्नुपर्छ

कुनै कुनै सम्बन्ध ढुकढुकीजस्ता हुन्छन् । जो बन्द भएपछि मान्छेहरु लासजस्ता बन्छन् । मान्छेहरु मुर्दाजस्ता बन्छन् 

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...