म चाहन्छु ...! केही महिना पछि , एकाबिहानै तिमी मलाई call गर्नु , अनि त्यो call receive नै नहोस । फेरि तिमी अर्को कोसिस गर्नु call गर्नलाई तर फेरि पनि receive नहोस । फेरि केही समयको अन्तराल पछि तिम्लाई मेरो थोरै चिन्ता लाग्न थालोस ... तिमी message गर्नु मलाई , त्यो message जुन message को कहिल्यै reply आउने छैन । फेरि तिमी साच्चिकै अलिक धेरै दुखी बन्नु , तिमी याद गर्नु मलाई , मेरो हरेक कुरा , मेरो अनुहार अनि मेरो आवाज , तिम्रो लागि मैले गर्ने चिन्ता .... अनि म सङ्गै बितायका हरेक पल ...!
यो ब्लगमा भएका लेखहरु नेपाली कला लाई प्रोत्शाहन गर्नका लागी हो | यि लेखहरु फेसबुकका वालमा समेत पाउन सक्नु हुन्छ | यदी तपाईंलाई कुनै लेख बाट आपत्ती छ भने कृपया कमेन्ट गरिदिनुहोला| हामी सुधारने प्रयास गर्ने छौ|||||
Get Bitcoins
कसैको शब्द अनि भावना " #part 1
फेरि तिमी मलाई एकचोटि call गर्नु तर त्यो call को पनि response नआओस ... अनि फेरि message गर्नु , जसको जवाफ तिम्रो फोनमा कहिल्यै नआओस ...!
तिम्लाइ अचानक एकदमै गाह्रो महशुस होस , तिमीलाई सबै कुरा याद आईरहोस , तिमी लगातार मेरो बारेमा सोचिरहनु ... तिम्लाई सबै याद आओस ..
सबै .......!
अनि एकदिन जब तिम्लाई निदं नआओस
बस मेरो याद आओस ....
तिमी मलाई Social media तिर खोज्नु ,
फेरि call गर्नु ,
फेरि message गर्नु ,
फेरि कुनै जवाफ नआओस ...
अनि तिमी phone gallery खोलेर मेरो तस्बिर हेर्नू
तिमीलाई रिस उठोस , एकदमै ज्यादा , बेस्सरी रुन मन लागोस .....
हो तब तिम्लाई महशुस होस कि "म कुन हालत मा बाचिरहेकी छु .... दुखी हुनु केलाई भनिन्छ ... अनि कोहि माथी को बिस्वास टुट्नु भनेको के हो ?""
अनि त्यसपछी तिमीलाई पनि हरेक कुरा सङ्ग घृणा हुन थाल्छ , केही पनि मन पर्ने छैन !
त्यसपछी तिमी हरेक ठाउँ मलाई नै खोज्नु ....
बस एक अन्तिम पटक भएपनि मलाई देख्न चाहनु ...
मलाई सुन्न चाहनु .....
मेरो नजिक आउन चाहनु ....
मेरो अघि आई रुन चाहनु ....
त्यसपछी तिमी पनि ठ्याक्कै मै जस्तै पागल बन्नु , त्यो प्रेमको लागि जुन प्रेम तिमीलाई सिर्फ म बाट मात्र मिल्न सक्छ .... ! अनि तिम्रो त्यो हालत हुदा , तिमीलाई माया गर्ने , तिमीलाई आफ्नो मान्ने ... तिमीलाई सुन्ने "म" तिमीभन्दा धेरै टाढा , कुनै शहरको कुनै कोठामा बसेर आधी रातमा तिमी बाट आएका हरेक messages पढ्दै तिमीलाई याद गर्नेछु ... फेरि ती messages delete गर्नेछु , म तिमीलाई कहिल्यै ती message को जवाफ पठाउने छैन ।
जब तिम्रो हजार message को कुनै जवाफ आउने छैन , अनि महशुस होस तिमिलाई कि कसैको दिल टुट्दा कति पीडा हुन्छ .... एक्लै आँसु बगाउदा कस्तो feel हुन्छ.... कसैलाई केही भन्न मन लाग्दालाग्दै पनि भन्न नपाउने बिबशी तिमीले पनि बुझ्नु ....
केही कुरा मा मन नलागोस , हरेक काम जबर्जस्ति गर्नु परोस ... हरपल कुनै नशा को जरुरत होस ...
निन्द्रा को गोलि ले पनि काम गर्न छोडोस !
हरेक समय .... सपना बिपना , मेरो मात्र याद आओस ...
तिम्रो दिल अनि दिमाग मा खाली म मात्रै रहुँ ..
जब यो सब हुन्छ नि , सायद बल्ल तिम्ले बुझ्नेछौ ...
कि तिमी कति गलत थियौ .... अनि तिमीले के गर्यौ !
तिमीले के गुमायौ ???
सायद तब तिमिले बुझ्नेछौ ,
म कुन हालत मा थिए ...!!
हो , म यो सब चाहन्छु .... हो साच्चै !!!!
तर यो पनि साचो हो कि , आज पनि म तिम्रो call अनि message धेरै मुस्किलले ignore गर्ने गर्छु !
आज पनि तिम्रो facebook अनि Whatsapp Dp Save गरेर राख्छु ! आज पनि मोबाईल खोल्छु त बस तिमी Online छौ या छैनौ हेर्न को लागि .... तर मैले कहिल्यै तिमीलाई message गरिन , न अब गर्नेछु ।
Subscribe to:
Post Comments (Atom)
साहित्तिक कलम
पागल प्रेमि #part 2
घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...

No comments:
Post a Comment