Get Bitcoins

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

साहित्यिक साँझ

अतृप्त म
मेरा अपुरा गजलका शेर हौ तिमी
मेरो चाहत कम नशा धेर हौ तिमी
म गरिबको संघर्षको क्रान्ती हौ तिमी
मेरो यो सुख्खा मनको भ्रांती हौ तिमी
एउटा सपना जुन मस्तिष्कमा कैद छ
त्यो अपूरो सपनाको कथा हौ तिमी
एउटा कल्पना जुन हृदयमा कैद छ
त्यो अधुरो कल्पनाको व्यथा हौ तिमी
म त जाबो एउटा कण हुँ, हराएँ तिम्रो कामुकतामा
एउटा क्षण हुँ तिम्रो दुनियाको, बिलाएँ त्यो उत्सुकतामा
भिजाउँन चाहन्छु स्वयंलाई म , तिम्रो त्यो पृथकतामा
भट्केको कस्तुरी हुनेछु, खोज्नेछु यत्रतत्र तिम्रो वासना
आशक्त हुँ म तिम्रो दिवाना, बस्नेछु सायद तिम्रै आशमा
"डोको " र "सपना"
डोको संगै बोकिएका सपनाहरु,
काटिएका हरेक मुठी घाँस संगै काटिएका छन!!!😢
एकातिर भरिदै छ खाली डोको,
अर्काेतिर खाली हुदैछ,रहरको खरबारी ,
भरिएको डोको माथी खापिएको मुठो सरि,
खापिएका छन पाइला पाइलामा
जिम्मेवारीका मुठाहरु!!!
"डोको" मै सिमित हुन पुगेको छ जीवन,
फाटेको डोको संगै उजाड भएका छन चाहानाहरु,
डढेलो लागेको छ मन भित्र,
खरानी सरि सेलाएका छन वाणीहरु,
सुस्ताएका छन हस्तहरु,
धमिलिएका छ्न भविस्य देख्ने नजरहरु!!!
"डोको" लाई जीवन दिँदा,
जीवन नै डोको बन्न पुगेको छ,
भर्नु नै छ डोको,
देख्नु नै छ सपना,
बनाउनु नै छ आफ्नो संसार,
वारि छ मेरो डोको
अनि
पारी छन मेरा निरश सपनाहरु!!!☺️❣️

credit: govinda pandey


"मन्दिर🔔✝️"
पुजिन्छ यहाँ ढुङ्गालाई,
अनि बनाइन्छ मनलाई नै ढुङ्गा ,
स्वीकार गरिन्छ यहाँ सिपलाई,
अनि भेद गरिन्छ रगतलाई!!!
हराएको छ यहाँ मानवता,
टुटेको छ विश्वासको जग,
ढाकिएका छन सत्य देख्ने यि आँखा ,
जपिदै छ पैसाको आरती,
बलेको छ लोभको दियो,
लुकेका छन भगवान
अनि
चम्किएको छ "मन्दिर"!!!😊😐️🙏🙏🙏

"भत्किएका रहर😢"
खुशी किन्न,
सपना देख्न,
शहर छिरेको म,
आखिर आफ्ना
रहर नै बन्धकी राख्न पुगेछु!!!
छाडेर गाउँ ,
त्यागेर सबथोक,
टाढिएको म,
आखिर आफ्नो
मन देखि नै टाढा भाग्न पुगेछु!!!
साथको खोजी,
विश्वासको आशा,
वचनको कदर,
यी सबै रहर,
आखिर म
आफैभित्र ढाक्न पुगेछु!!!
न आज शहरमा मेरो केही छ,
न त गाउँ नै आफ्नो हुन सकेको छ,
सुनसान र एक्लोपनको आभाष हुन्छ,
जहाँ म टुक्रिएको छु
भत्किएका छन मेरा रहरहरु!!!😐️


"याद छ ?"
ओए! तिमीहरूलाई याद छ,
जहाँ हामी एक परिवार थियौ,
जहाँ हरेक पलमा आफ्नो पनको आभाष थियो!!!
याद छ ???
तिमिहरुलाई,
ती सुनसान रातमा
पोखिएका मनका कुन्ठा
अनि लेखिएका पानाहरु!!!
याद छ ???
तिमीहरुलाई,
हाम्रो हरेक सम्वादमा
मिसिएका भावहरु,
जीवन बुझ्न सिकाइएका
कति तीता मीठा वातहरु!!!
टाढिएका छौं आज हामी
समयले लखेटेर,
पनि नजिकिएका छौं
हामी यादको साहारामा!!!
मलाई त सबथोक याद छ,
के तिमीहरूलाई पनि
याद छ???




साहित्तिक कलम

 जहाँ म प्रेमलाई फूलेको देख्छु

लाखौं जवानहरू भुलेको देख्छु ।।
कोमल ति फूललाई डस्नेहरु
जोतिऐको बहर झै गलेको देख्छु ।।
आगो लागेको तिनै झुपडीहरुमा
मायाको मुनाहरु जलेको देख्छु ।।
पुजा पाठ गर्ने मन्दिरको सिढीमा
जोडीहरुको युद्ध चलेको देख्छु ।।
जाडँ रक्सी घोल्ने घ्याम्पो हरुमा
प्रेमीहरु जवानी घोलेको देख्छु ।।
#aawrites


अङ्गालेर खुशीहरु हाँस्न मन छ
मलाई त्यहि खुशी मालामा गाँस्न मन छ
मलाई जिन्दगीको यात्रामा दियौ साथ
दुखमसुखमा तिम्रो माया छातीमा टाँस्न मन छ
फक्रिएको गुलाबसरि खुशी छाओस मुहारमा
तिम्रो अधरबाट सदा हाँस्न मन छ
मलाई समेटेर सुखशान्ती सङ्गालेर
मनमा खुशी जिन्दगीका काला दिन मास्न मन छ।
#aawrites



गाउँले छोरो परें म त गाउँ घरमै रमाउँछु
गाई अनि भैंसी पाल्छु ठेकिमा दही जमाउँछु
लेकमा छ घर बारी, हजुर गैरी बेंसी खेत
कुटो कोदाली खन्दा खन्दै जोत्न हलो समाउँछु
वन भिर पाखा डुल्छु दाउरा घाँस काट्नलाई
पिजा म:म: शहरमा, गुन्द्रुक ढिढो पकाउँछु
साथी संगी ईष्ट मित्र साउदी कतार खाडीमा
मिठाइ बोकी भेट्न आउछन् दूध दही चखाउँछु
शहर तिर बस्नेहरु च्यात्या फाट्या लगाउँछन्
गाउँमै बस्छु ढाका टोपी, लुङ्गी धोती लगाउँछु ।।
#aawrites


परिस्थिती आफ्नो अनुकुल भएन
भनेर गुनासो गर्नुको सट्टा आफूलाई
मजबूत बनाउन तिर लाग्नु सबैभन्दा
राम्रो हुन्छ, किनकी संसारको नियम
नै यस्तो छ कि "जब हावा चल्छ ,
त्यस्ले बल्ल तल्ल बल्दै गरेको
झुपडिको दियोलाई निभाइदिन्छ
भने पहिल्यै सल्किसकेको जङ्गलको
आगोलाई झनै दन्काइदिन्छ ।"

कति कोमल हुन्छन् है नारीहरु

कति कोमल हुन्छन् है नारीहरु,
.....
चुरा टुट्दा दिन भरी रुन्छ्न् तर
मन टुट्दा नजिकै बसेकी
आमालाइ नि थाह दिदैनन्,
हात काटदा दिन भरी कराउछ्न् तर
मनमा चोट पुग्दा उफ् नि गर्दैनन्,
मन परेको लुगा पाएन भने
चाडपर्व नै मनाउदिन भन्छ्न्,
तर मन नपरेको केटा सँग जिन्दगी बिताउन तयार हुन्छ्न्,
कसैको खुसिको लागी !!
साँच्चै नारी महान् हुन्छ्न् है आमा ??




माया मारी पत्र पठाउनुको के अर्थ,
पिरमा पारी पत्र पठाउनुको के अर्थ,
यौवनका मातहरु नशिला रातहरुमा,
बिसाइ भारी पत्र पठाउनुको के अर्थ !!
न गुन गरेर मान्छे आफ्नो बन्छ ।
न सुन दलेर मुर्ती भगवान बन्छ ।
कसैलाइ निस्वार्थ माया गर्नुहोस ।
कुनै दिन दुश्मन पनि आफ्नो बन्छ !!!कि त तस्बिर कि त तिम्रो बोली चाहिन्छ
यादहरुको खाता बोक्ने झोली चाहिन्छ
रात कटाउन त यता पनि मुस्किल छ प्रिय
हरेक रात आजकल निदाउने गोलि चाहिन्छ।


निलो शिरिषको फुल फुलेर पारिजात लाई जसरी हरेक वर्ष वसन्तमा सम्झन्छ म हर ऋतुमा तिमिलाइ फुलाउँदै सम्झदै गर्छु। तिमिलाइ मन पर्ने निलो गुलाफको फुल मैले मन भित्रै फुलाइसकेको छु। के तिमिले निलो आकाश मुनि बसेका हामी दुवैलाइ त्यो निलो गुलाफले जोड्न सक्छौ ???
ए प्रिय मान्छे,
आज तिमिलाइ मैले दरबार मार्गको हरेक शिरिषको झ्याङमा तिमिले सैसला मार्दै गरेको देखेँ। खुब रमाइलो लाग्दै थियो मलाइ तिम्रो त्यो नाच। जसरी मयुरले आफ्ना निला प्वाँखहरु फैलाउदै बन्द गर्दै नाच्दै गर्छ त्यसै गरि तिमिले आफ्ना यादहरु छोड्दै नाच्दै थियौ। कति सिपालु छौ है तिमी आफुलाइ नाच्न मात्रै होइन मलाइ एकै छिन् मा नचाउन पनि। दिउँसोको चर्को घाममा पनि सित्तल बनेर फुली दिने ती फुलहरु अन्जुली भरीमा राखेर हाम्रो मायाको चिनो उपहार दिन मन छ। भुइँ भरी छरपस्ट रहेका ती फुलहरु कहिले नसुकुन अनि सुकाएर आगो कसैले नलगाउन् भन्ने चाहाना देख्दा सबैलाइ हुन्छ, तर अक्सर जे कुरा धेरै प्रेम हुन्छ नि त्यसलाइ फ्याँक्नै पर्ने हुन्छ जस्तै तिमिले फ्याँकेका मेरा माया अनि सद्भावहरु। कति सजिलै फुल्छ्न् फुलहरु, कति सजिलै झर्छ्न्, कति सजिलै बस्छन् प्रेम अनि कति सजिलै टुक्रिन्छ्न् सम्बन्धहरु। दोषी न मुटु रह्यो न त्यो निलो फुल फुलाउने प्रकृति नै रह्यो, दोषी त सिर्फ समय रह्यो अनि रहिरह्यो। 

आज आकाश निरन्तर रोइरहेछ। झरी परि रहेछ, आँसु झरिरहेछ। म जान्न चाहन्थेँ कोही किन रुन्छ्न्। के आकाश जत्रै मन हुनेहरु बादलले जत्तिकै आँसु झारेर रुन पर्छ हो ?? 
म साँझ परेको मन बोकेर अधेँरिदै बाहिर निस्के। बाहिर भने आज अधेँरो थिएन, आज पुर्णिमा। रुझेको शरिरमा रुझेकै कपडा लगाएर अनि रुझेकै मन लिएर उनिलाइ मज्जाले नियालेँ, नियालिरहेँ। उनको त्यो शरिर, जिउडाल, कोमल हातहरु, लुरी खुट्टाहरु,पातलो कम्मर,यौवनले छोप्दै गरेको स्तनहरु, वैँशले जिस्काउँदै गरेका डन्डिफोर अनि त्यसका दागहरु, सम्झिएँ। मेरो नजरले गर्दा होला, उनिले आँखा चम्किला पार्दै मलाइ हेरीरहिन्। म झसङ्ग भए,जुन देखेर।
भन्ने गर्थिन्, "म मरेँ भने ऊ त्यो,जुन बन्छु।"
"चुप" म मुख थुनिदिन्थेँ। मुख थुनेर नरोकिने रैछ लेखेको कुरा। आखिर छोडेरै गयौ, त्यसैले आज जुनमा तिमिलाइ देखेँ। यो जुन पनि धेरै खुसी देखिन्छ, जुनमा तिमी भएर नै हो।
कत्ती खुसी हुन्छ्न् है छोडेर जानेहरु, छोडिनेहरु पो जहाँको त्यहीँ जस्ताको त्यस्तै। कसरी नसोध। किनकी हरेक पुर्णिमामा तिमिले मलाइ देख्छौ, अनि औँसीमा नदेखे झैं गर्छौ। म हरेक अधेँरी जुनकीरीको उज्यालोमा तिमिलाइ खोजीरहन्छु जसरी हरेक जुनकीरी अधेँरीमा चम्किन खोजिरहन्छ। मन जलेर निस्केको धुवाँमा तिमिलाइ खोजीरहन्छु, काम लाग्न नसकेर मेरो मनको एस्ट्रेमा थुप्रिएको यादका खरानीहरुमा तिमिलाइ नै खोजीरहन्छु। पिउन बाँकी रहेका केही बोत्तल जहरहरुमा तिमिलाइ नै खोजीरहन्छु। अब भन अझै कति मौन बस्छौ, बाह्र वर्षमा त खोली नी फर्किन्छ रे प्रिय यो हाम्रो पाँचौ एनिभर्सरी...अझै म पनि जुन बनेर तिमिलाइ भेट्न आउन कति वर्ष कुर्न पर्छ मैले ??
थाहा छ तिमी बोल्दिनौ, फर्किन्नौ तर जब लत हुन्छ नि नपाए न आश भने भैइरहने रहेछ। तिमी माथी आकाशमा जुन बनेउ म धर्तीमा कुन बने कुन। हामिलाइ जोड्ने यही एउटा सुर्य छ कहिले चुरोट सुर्य कहिले घाम सुर्य। मैले धेरै सम्झिएँ, सायद तिमिलाइ बाडुल्कीले खप्न भएन होला, त्यसैले रिसले बादलको सिरक ओडेर सुतिदियौ।
तिमि हराउँदै गयौ, म विलिन हुँदै गएँ। पर्खिरहेँ, कतै तिमिले गाली गर्दै भन्छौ," निमोनिया हुन रुझ्छौ अझै ??"
तर गाली गरीनौ,किनकी तिमिलाइ थाहा छ म अचेल सँधै बिमारी नै हुन्छु भन्ने। प्रिय मान्छे मिल्यो भने चाँडै भिसा पठाउनु म पनि जुन बन्न आउनेछु, छैठौँ एनिभर्सरी उतै मनाउँला !!
bye धेरै सम्झियो नभन्नु है ।

संसारमा प्रेम यसरी नै चल्छ। जसरी सुर्यले आकाश सँग, आकाशले बादल सँग, बादलले पानी सँग पानीले धर्ती सँग इत्यादि। प्रेम एकतर्फीमा आनन्द हुदैन, दुई तर्फीमा मिठास हुदैन, जब दुइ बिचमा तेस्रो व्यक्ति फाइदा लिन्छ अब त्यो प्रेम, प्रेम नै रहदैन।
जुनले शीत छोडेर गयो, ताराले जुन लिएर गयो। कस्तो अचम्म है, सायद प्रेम युद्ध त आकाशमै हुन्छ, धर्तीमा गरिने त सबै भ्रम युद्ध न हो।
बिहानै अधेरो नै रहेको मेरो कोठामा म अधेँरो मुख लगाएर मेरी उजेलीको रोशनीमा हराउन खोज्दै थिएँ, तर समयको ब्ल्याकहोलमा पसेका उनको रोशनीको पाइलाका डोबहरु, मैले कहिल्यै पछ्छ्याउन सकिन। म आँखा हेर्ने बहानामा आज पनि आँखा भरी उनिलाइ नै बनाएर हेर्ने गर्छु। zoom गरेर हेरिरहन्छु, backround blur गरेर हेरिरहन्छु। मेरी यी नजरमा रहेका तस्बिरहरुको व्यापार हुने भए साँच्चै DSLR लोप हुनेछ, डाइनोसर हुनेछ।
अलि पर मन्दिरमा तिमिले मलाइ देख्नु भन्दा वर्षौँ पहिले देखि मान्छेहरु घन्टी बजाएर भगवान खुसी पार्ने बहाना गरीरहेका छ्न्, भगवान् लाई रीस उठेको बेला त्यही मान्छेहरुको घण्टी बजाएर मजाक लुट्ने गर्छ्न्। अब मैले तिमिलाइ भगवान जस्तै भन्न पाउँछु नि प्रिय ??
राती मैले निकै लामो सपना देखेँ, खै के के देखेँ कुन्नी, तर न तिमिलाइ देखेँ न भगवान् लाई, के भगवान् मन्दिरमा मात्रै बस्छ्न् हो, कि पथ्थरमा मात्रै बस्छन् ?? हरेक साँझ अनि बिहान, आगोले चुरोट्लाइ जलाइरहन्छ, जसरी धुपले मन्दिर जलाइरहन्छ, जसरी तिमिले मलाइ जलाइरहन्थेउ, हो उसै गरि। हामी त छुटेउँ अब यो चुरोट र आगो छुटेको दिन अनि मन्दिर र धुप छुटेको दिन म सन्सार पनि छोडिदिन्छु, किन नसोध...
अचेल म यिनिहरुको प्रेम हेरेर आफैमा हराउने गर्छु, सायद जल्नेहरु छीटो हराउने भएर होला।


साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...